काभ्रे, ३ मंसिर । जिल्ला अदालत काभ्रेकोे फैसलाले कैद र जरीवाना हुने ठहर गरेका अभियुक्तहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यलयको सक्रियतमा विभिन्न मुद्यामा दोषी ठहरिएका फरार अभियुक्तहरुलाई समातिएको हो ।
अदालतको फैसलाले कैद र जरीवाना तोकेको पात्लेखेत गाविस ८ बस्ने २३ बर्षिय रविन गौतम लाई प्रहरीले हालै पक्राउ गरि अदालतमा पेस गरेको छ । अदालतले उनलाई ०६८ असार १४ गते जबरजस्ती करणीमा दोषी ठहर गरी सजाय सुनाएको थियो । दोषीलाई ६ बर्षको कैद सजाय सुनाईएको हो ।
यस्तै सवारी ज्यान अन्तर्गत ०६९को फैसलाले पाँचखाल नगर पालिका ५ बस्ने कमल भन्ने ३३ बर्षका दलबहादुर बिक र पात्लेखेत गाविस ४ का ३० बषीया नगेन्द्र धिताललाई प्रहरीले अदालतमा बुझाएको छ । यसैगरी सम्बन्ध विच्छेदको मुद्धामा दोषि रहेका च्याङसीखर्क गाविस ८ बस्ने २९ बर्षिय दिनेश खलाललाई पनि प्रहरीले समातेको छ । उनीहरुमध्ये सवारी ज्यान मुद्धामा दोषीलाई १ वर्ष ११ महिना ४ दिन कैद र दुई हजार रुपैया जरिवाना तिर्नुपर्ने फैसला सुनाईएको थियो ।
यस्तै चोरी सम्बन्धी पाँचखाल नगरपालिका ११ बस्ने ३७ बर्षका चक्र बहादुर बिक र जालसाँजी मुद्धाका ६० बर्षिय चक्र बहादुर तामाङलाई पनि अदालतमा सजायको लागि बुझाईएको छ । यता सवारी ज्यान मुद्धाकै दुतमान लामालाई फैसला कार्यान्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
प्रतिक्रिया