प्राथमिकतामा तालतलैयाको संरक्षण

मोरङ, २ मंसिर । भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले इटहरीको गौरबका रूपमा रहेको तालतलैया क्षेत्रको बिकासका लागि निरन्तर लागि पर्ने दाबी गरेका छन् । मन्त्री सुब्बाको स्वागत तथा सम्मानमा तालतलैया बिकास तथा संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले सो कुरा बताएका हुन् ।

मन्त्री सुब्बाले पूर्वी नेपालकै बनभोजका लागि प्रख्यात बनिसकेको इटहरीको तालतलैया क्षेत्र पर्यटक लोभ्याउने गौरवपूर्ण स्थानका रूपमा विकास भईरहेको भन्दै आफू यसको उन्नतीका लागि हरदम प्रयत्न गरिरहने प्रतिबद्धता स्वरूप खानेपानीको ब्यवस्थामा सहयोग गरेको बताए । तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री सुब्बालाई तालतलैया विकास समितिका तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको छ ।

सोही कार्यक्रममा इटहरी २ र ३ का समस्याका विषयमा लिखित ज्ञापन पत्र सहितको प्रस्ताब समेत मन्त्री सुब्बालाई हस्तान्तरण गरिएको छ । अध्यक्ष लिम्बुले तालतलैयाको विकास गर्नु इटहरीका लागि अति आवश्यक रहेको बताएका छन् ।

समारोहमा इटहरी नगरपालिकाका पूर्व प्रमुख सर्वध्वज साँवा, इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले तालतलैयालाइ पुर्बकै अमुल्य सम्पतिका रूपमा बिकाश गर्न लाग्नुपर्ने कुरामा जोड दिएका छन ।

प्रतिक्रिया