पुष्प व्यवसायका लागि समूह गठन

ताप्लेजुङ, २ मंसिर । ताप्लेजुङमा पुष्प व्यवसाय संचालन गर्न पहिलो पटक पाथीभरा पूmलखेती समूह गठन भएको छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको पहलमा उक्त समूह गठन भएको हो ।

संगिता मादेनको अध्यक्षतामा गठित उक्त समितिमा १३ सदस्य रहेका छन । कार्यसमितिको उपाध्यक्ष त्रयमा गीता शेर्पा, सुष्मा गुरुङ र डोमा शेर्पा, सचिव हिमकला गुरुङ, सहसचिव विष्णुमाया मादेन र कोषाध्यक्षमा रविन राई रहेका छन् ।

नवगठित समूहका अध्यक्ष संगिता मादेनले घरेलु कार्यालय लगायतका निकायमा समूहलाई चाँडै दर्ता गरी समूहगत रूपमा पुष्प व्यवसाय सुरु गर्ने जानकारी दिइन । तिहार जस्तो चाडपर्वमा मात्र नभई ताप्लेजुङ एक पर्यटकीय जिल्ला भएकाले पूmलको माग सधैं भइरहने हुँदा सो मागलाई पूर्ति गर्न समूह नै गठन गरी व्यवसायिक खेती अपनाउन लागेको मादेनले जनाएकी छन् ।

यसैबीच घरेलु तथा साना उद्योग विकास समितिले जिल्लाका १३ जना किसानलाई यसपटक पूmलखेती सम्बन्धी सात दिने तालिम समेत दिएको थियो । पछिल्लो समय गाउँ बस्तीतिर पाइने पूmलहरू लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षण गर्न साथै किसानले पूmलको व्यवसायिक खेती अवलम्बन गरी आम्दानी बढाउन सकुन् भन्ने उद्देश्यले जिल्लामा पहिलो पटक तालिम दिलाएको घरेलु कार्यालय प्रमुख नवीन पौडेलले जानकारी दिए । किसानलाई तालिम प्रदान गरेसँगै घरेलु कार्यालयले व्यवसायिक खेती गर्न चाहनेलाई प्राविधिक लगायतका अन्य सहयोग प्रदान गर्ने उद्योग अधिकृत पौडेलले बताए । यता यसवर्षको तिहारमा ताप्लेजुङमा पूmलको अभाव देखिएको थियो

प्रतिक्रिया