प्रमको सम्बोधनप्रति किसान असन्तुष्ट

photo newsकाभ्रे, २ मंसिर । काभ्रे जिल्लास्थित नेपाल किसान संघले प्रधानमन्त्रीले आफ्नो संम्बोधनमा किसानको कुरा नसमेटेको भन्दै विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीले देशबासीको नाममा गरेको संम्बोधनमा किसानको समस्याको बारेमा नबोलेको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल किसान संघ काभ्रले व्यवसायिक रूपमा कृषि पेशामा जुट्दै गरेको काभ्रेली किसानहरूलाई विनाशकारी भूकम्प पश्चात झन् असहजता भएको र अघोषित नाकाबन्दीका कारण अत्यावश्यक रसायनिक  मलखाद, किटनाशक औषधि, खेत जोत्ने ट्याक्टर र कृषि उपजको सहज आपूर्तिका लागि वेवास्ता गरेको भन्दै बुधबार  काभ्रे जिल्ला प्रशासन कार्यालयका सहायक प्रमूख जिल्ला अधिकारी अर्जुन शर्मालाई ज्ञापनपत्र सहित तरकारी बुझाएका छन् ।

नेपाल किसान संघका अध्यक्ष प्रेमबहादुर तिमल्सीनाले आगामी दिनमा कृषि क्षेत्रको समस्यालाई बेवास्ता गर्दै गए सरकारले भोकमारी, अनिकाल, बेरोजगारी बढ्न गई जनजीवन थप कष्टकर हुने बताएका छन् । उनले सरकारले तत्कालै कृषि क्षेत्रमा देखिएका समस्याहरूको सामाधानमा सरकारको ध्यान दिनु पर्ने बताए । कृषि उत्पादीत वस्तुहरू दूध, दही, ध्यु, खुवा र हरियो तरकारी जस्ता तत्काल बिग्रने पदार्थहरूको आपूर्ति सहज बनाउनुपर्ने भन्दै उनले सरकारले नेपालमा उत्पादीत बस्तुहरूलाई प्राथामिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नु साटो भारतबाट यस्ता वस्तुको निर्यात गर्दा  नेपालले आर्थिक स्रोत गुमाएको आरोप लगाएका छन् ।

आगामी दिनमा पनि सरकारले बेवास्ता गरे चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्ये हुने ज्ञापन पत्रमा उल्लेख छ । काभ्रे जिल्ला दूध उत्पादनको हिसाबले पहिलो जिल्ला हो ।

प्रतिक्रिया