मोरङमा पेट्रोल बाँडियो

मोरङ, २ मंसीर । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले बुधबार विराटनगर सहित मोरङका सबै पेट्रोल पम्पहरूबाट पेट्रोल वितरण गरेको छ । गएको कात्तिक २४ गते वितरणपछि बुधबार  मात्र जिल्लाका सवै पेट्रोलपम्पबाट तेल वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा निगमले विराटनगर सहित उर्लावारी, वेलवारी, सलकपुर, विराटचौक, रंगेली लगायतमा रहेका पम्पवाट १ लाख २० हजार ४ सय ८० लिटर पेट्रोल वितरण जनाएको छ । पेट्रोल वितरण गरिने भएपछि पम्पहरूमा सोमबार साँझदेखि नै सवारी साधनको लामो लाइन लागेको थियो । पम्पहरूबाट प्रत्येक मोटरसाइकललाई ५ सय र निजी कार र भेनलाई १५ सय रूपैयाँ बराबरको तेल वितरण गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि न्यूनतम मानवीय सेवा पु¥याउने संस्थाहरू अस्पताल, खाद्य सामग्री ढुवानी गर्ने साधन र लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई सिफारिसका आधारमा तेल वितरण गर्दै आएको सहयाक प्रमुख जिल्ला  अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन् ।

इन्धन अभावका कारण उद्योग कलकारखानाहरूलाई भने इन्धन उपलब्ध गराउन नसकिएको बताए । पछिल्लो चार, पाँच दिनयता जोगबनी नाकाबाट ठूलो परिमाणमा इन्धन आपूर्ति भइरहेकाले क्रमशः अवस्था सहज बन्दै जाने उनको भनाइ छ ।

प्रतिक्रिया