मिस नर्सको तेस्रो संस्करण

miss nurseकाठमाडौं, १८ कात्तिक । स्वस्थ्य पेसासँग सम्बधित एक मात्र सौन्दर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’ आयोजना हुने
भएको छ ।

नर्सिङ पेसाले समाजमा पु¥याएको योगदानको सम्मान गर्दै नर्स पेसामा भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स् नेपालका सिइओ रबि धमलाले जानकारी दिए ।

आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार बिज्ञाप्ती जारी गर्दै ‘मिस नर्स नेपाल २०७२’का लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको छ । ‘मिस नर्स नेपाल २०७१’ प्रतियोगितामा देशैभरका ८० भन्दाबढी नर्सिङ कलेजका विद्यार्थी तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरू सहभागी हुने आयोजकले जानकारी गराएको छ ।

देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न उपविधामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक यतना पाण्डेले जानकारी गराइन् ।

प्रतियोगिता अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला सशक्तिकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षणको अवसर पनि पाउनेछ ।

प्रतियोगितामा सहभागिताका लागि नर्सिङ कलेजमा कम्तिमा एक वर्ष अध्ययनरत तथा कुनै पनि नर्सिङ संस्थामा कार्यरत २८ वर्ष उमेर ननाघेको हुनुपर्र्नेेछ ।

आवेदन फारम ४ मंसिरसम्म वितरण हुने र प्रतियोगितको पहिलो अडिसन ५ मंसिरमा राजधानीमा हुनेछ । फाइनल प्रतिस्पर्धा राजधानीमै आगामी पुष २५ गते हुनेछ ।

प्रतिक्रिया