दिपावलीमा जमघट

काठमाडौं १६ कात्तिक । रावासावा प्राज्ञिक समाज नेपालले दिपावलीको अवसर पारे खोटाङगे कलाकारहरुको जमघट गराउने भएको छ । शुभकामना आदान–प्रदान तथा देउसी भैलोका कार्यक्रमको नाम दिएर समाजले सबै खोटाङे कलाकारहरुलाई एकठाउँमा उभ्याउन लागेको समाजका अध्यक्ष शान्तिराम राईले जानकारी दिएका छन् ।

शुभदिपावली आफै चेलिले माइतीलाइृ सम्झने पर्व भएकाले यसमा आफुहरुले सबै खोटाङे चेली माइतीहरुबीच भेटघाटको वातावरण निर्माण गरेर रमाइलो गर्न कार्यक्रम गर्न लागिएको उनले जनाएका छन् । उनले भने, ‘यसपाली पिडै पिडाको दिन गुजारीएको वर्ष परको छ । यसबाट सबै हाम्रो मनमा भय र त्रासा तथा तनाव मात्र रहेको छ । यसबाटा छुटकारा पाउन भएपनि सबै चेलि–माइती एक ठाउँ भेला पार्ने  कार्यक्रम राखिएको हो । ’

सम्पुर्ण खोटाङे कवि कलाकार तथा गन्य मान्य सबैलाई यो कार्यक्रममा बोलाईने उनले जानकारी दिएका छन् । आगामी कात्तिक २३ गते हिरा पार्टी प्यालेस नया बनेश्वरमा हुने कार्यक्रममा आपसी सदभावको समेत विकास हुने उनले जनाइएका छ ।

प्रतिक्रिया