काठमाडौं, १६ कात्तिक । आगामी मंसिर ११ गते दुई नेपाली फिल्मबीच भिडन्त हुने भएको छ । निकै नै प्रतिष्ठित र बहुप्रतिक्षित बनेको दुई नेपाली फिल्म ‘कबड्डी कबड्डी’ र ‘जाऊँ हिड पोखरा’ एकै दिन प्रदर्शन हुने भएको हो ।
‘जाऊँ हिड पोखरा’ फिल्मका निर्देशक शोभित बस्नेतले अचानक मंसिर ११ गते फिल्म रिलिज गर्ने घोषणा गरेपछि यो दुई फिल्म बीच भिडन्त हुने निश्चित भएको छ । अघिल्लो वर्ष निकै नै चर्चित बनेको ‘कबड्डी’ फिल्मको सिक्वेल ‘कबड्डी कबड्डी’ का निर्माताले भने यसअघि नै मंसिर ११ गते फिल्म रिलिज गर्ने घोषणा गरिसकेका थिए ।
बहुप्रतिक्षित बनेको दुई फिल्म एकैसाथ रिलिज हँुदा दुवै फिल्मबीचको भिडन्त रोचक हुने फिल्मकर्मीहरुको बिश्लेषण गरिरहेका छन् । दर्शक भने कुन फिल्म हेर्ने भनेर दोधारमा पर्ने अनुमान गरिएको छ । निर्देशक शोभित बस्नेतले आफ्नो फिल्मले दर्शक तान्ने दाबी गरे । दर्शकमाझ प्रतिक्षित फिल्म ‘कबड्डी कबड्डी’ले फिल्म ‘जाऊँ हिड पोखरा’ लाई कुनै फरक नपर्ने निर्देशक शोभितले बताए । उनले ‘कबड्डी कबड्डी’ र ‘जाऊ हिड पोखरा’ हेर्ने दर्शक नै फरक हुने दाबी समेत गरे । आफ्नो फिल्मले दर्शकको मन जित्ने र त्यसलाई अरु कुनै फिल्म वा अन्य चीजले असर नगर्ने उनले बताए ।
प्रतिक्रिया