मुम्वई । संघर्षका अनेक मोडमा गुज्रेका र विवादित बलिउडका ‘मुन्नाभाई’ उर्फ सञ्जय दत्तको नाममा बन्ने फिल्म कस्तो होला ? चासाको विषय बन्दै गएको छ ।
तिनै मुन्नाभाई कै नाममा फिल्म बन्दैछ । पीके, थ्री इडियट्सजस्ता फिल्म बनाएका राजकुमार हिरानीले सञ्जयको ‘बायोपिक’ निर्देशन गर्ने भएपछि आमचासो बढ्नु स्वाभाविक नै हो । नाम तय भई नसकेपनि निर्माता अभिजात जोशीले फिल्मलाई ‘हाउ टु मेक ब्लकबस्टर’ शीर्षक दिएर बनाउन लागिएको बताएको छ । फिल्मको नयाँँ वर्षपछि सुटिङ सुरु हुनेछ । फिल्ममा सञ्जयको भुमिका रणवीर कपुरले निभाउने बताइएको छ ।
‘मलाई मानिसमा अन्तर्निहित भावनालाई फिल्मांकन गर्न सार्है मजा लाग्छ । सञ्जयको बायोपिक पनि त्यस्तै हुनेछ ।’ सञ्जय जेलमै रहेको अवस्थामै निर्देशक हिरानीले एक कार्यक्रममा भने, ‘सटिक भाषामा भन्नुपर्दा फिल्म भावनात्मक र मेरा अन्य फिल्मजस्तै रोमाञ्चक हुनेछ ।’
‘कोही व्यक्तिको जीवनलाई तीन घण्टाका लागि पर्दामा उतार्नु साँच्चैँ सजिलो छैन । अभिजात र मैले सञ्जयसँग लगातार २५ दिनसम्म यस विषयमा सल्लाह ग¥यौँ । हरेक दिन हामीलाई एक नयाँ कहानी मिल्थ्यो । ती २५ कहानीलाई एउटै पटकथामा समायोजन गर्नु साँच्चै गाह्रो हुनेछ ।’ उनले भने ।
प्रतिक्रिया