बाल गृहलाई सहयोग

मोरंग १४ कात्तिक । नमुना बाल गृह उर्लाबारीको अक्षयकोषमा हङकङमा कार्यरत नेपालीहरुले नगद एक लाख ३१ हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् ।
उर्लाबारी—४ घर भई हङकङमा रोजगारका लागि कार्यरत राकेशचन्द्र राईको अगुवाईमा सो रकम सहयोग भएको हो । हङकङमा सकंलित भएको सो रकम राकेशले आश्रमकी अध्यक्ष मिना बराल, सचिव तेजबहादुर घिमिरे, सदस्य प्रल्हाद थापालाई हस्तान्तरण गरे ।

हङकङमा राकेशचन्द्र राईले हङकङ डलर दुई हजार, मकुन सेन्दाङ सात सय, सनिन्द्र गोम्देन, धनकुमार राना, उत्तमकुमार राई,  मनप्रसाद गुरुङ, जजिन गुरुङ, गंगाप्रसाद राई, किशोरकुमार राईले पाँच÷पाँच सय तथा रमुना राईले तीन सयका साथै लीला लिम्बू, धनबहादुर राई र निर्मला राईले दुई÷दुई सय डलरका दरले सो रकम सहयोग गरेका हुन् ।

यस्तै, बिजय लिम्बू, झमनबहादुर थापा, मानप्रसाद चेम्जोङ, सुजन राई, प्रसन्न लिम्बू, गोपाल लिम्बू , श्याम चेम्जुङ, दिप लिम्बू, टेक लिम्बू , मनकुमारी लिम्बू, बुद्धिमान राई, हर्कमाया सेन्दाङ, तुलशी सेन्दाङ, भीमबहादुर चेम्जोङ र आशमाया लिम्बूले पनि सो रकममा दुई÷दुई सय डलर सहयोग थप गरेका थिए । संस्थाका संस्थापक सदस्य हिरादेशी राईका छोरासमेत रहेका उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राकेश राई र कृष्णकुमारी राईले आश्रमका वालबालिकालाई साँझको खानासमेत खुवाएका थिए ।

प्रतिक्रिया