अनमोल र श्रृष्टी महंगिए

anmol-and-shresthiकाठमाडौं, १ कातिक । नेपाली चलचित्रमा सरदर रकम लिएर काम गर्दै आएका नायक नायीकाको पारिश्रमिक एक्कासी बढेको छ । वर्षमा एउटा मात्र चलचित्र खेल्दै आएका नायक अनमोल केसीको पारिश्रमिक महंगिएको बुझिएको छ ।

निर्माता बन्न लागेका रोहित अधिकारीले अनमोललाई नयाँ चलचित्र ‘गाजलु’का लागि महंगो रकम दिएको वुझिएको छ । सफल चलचित्र दिदै आएका निर्देशक हेमराज वीसीको निर्देशनमा बन्दै गरेको चलचित्र निर्देशन गर्दैछन् ।

चलचित्रका लागि अनमोलले नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान लागेको यो चलचित्रमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले पनि अभिनय गर्दैछिन् । श्रृष्टीलाई निर्माता रोज राणाले चलचित्र ‘हिरोइन’का लागि महंगो पारिश्रमिक दिएको अनुमान छ । चलचित्रमा सुरेन्द्र  पौडेलको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन रहनेछ ।

नेपाली चलचित्र क्षेत्रमा विस्तारै नायक अनमोल केसीको क्रेज बढेको छ । अनमोलले अभिनय गरेका दुई चलचित्र ‘होस्टेल र जेरी’ले राम्रो कमाई गरेका थिए । युवापुस्तामाझ छोटो समयमा नै आफ्नो क्रेज बनाउन सफल अनमोलसँग काम गर्न निर्माता तथा निर्देशकलाई गाह्रो छ ।

हेमराजसँग भने अनमोलले तेश्रो पटक काम गर्दैछन् । निर्माता रोहित अधिकारीले चलचित्र क्षेत्रमा आफू नयाँ भएपनि राम्रो चलचित्र बनाउन कुनै कञ्जुस्याँइ नगर्ने बताएका छन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारीले पनि काम गर्नेछन् ।

प्रतिक्रिया