मुम्बई, २८ असोज । बलिउडमा निकै दमदार फिल्महरू बनाइरहेकी अभिनेत्री सोनाक्षी सिन्हाले आपूmले कमाएको पैसा आफ्नो बुबा–आमालाई दिने गरेको बताएकी छन् । उनी पछिल्लो समय सफल बलीउड चलचित्र पस्किरहेकी बलिउड अभिनेत्रीको रूपमा चिनिन्छन् । उनले सञ्चारमाध्यामलाई दिएको एक अन्तर्वार्तामा पत्रकारले ‘तपाईंले चलचित्र अथवा अन्य कामहरूबाट आएको पैसा के गर्नुहुन्छ’ ? भन्ने प्रश्नको उत्तरमा ‘बुबाआमालाई दिन्छु’ । भन्ने जवाफ दिएकी हुन् ।
सोनाक्षीले अगाडि भनिन्, ‘मेरो पहिलो कमाइ ३ हजार रुपैयाँको चेक थियो । त्यो पाएर म अत्यन्त खुसी भएँ । त्यो चेक लगेर मैले बुबाआमालाई दिएँ । त्यसपछि म झन् खुसी भएँ ।’ सोनाक्षीले त्यो पहिलो चेक बुबाआमालाई दिँदाको खुसीले त्यसपछि सधैँ बुबाआमालाई चेक दिएको बातएकी छिन् । ‘दबंग चलचित्रका लागि मैले पाएको पारिश्रमिक पनि मैले बुबाआमालाई दिएँ, केही रकम च्यारिटीलाई पनि गयो,’ सोनाक्षीले भनेकी छिन्, ‘जब मलाई पैसा जरुरत पर्छ, म कुनै संकोचविना बुबाआमासँग माग्छु ।’
प्रतिक्रिया