एल्बमको तयारीमा प्रतिष्ठा

kala 1काठमाडौं, २६ असोज । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने गायिका प्रतिष्ठा अमात्य (विष्ट) एल्बमको तयारीमा रहेकी छन् । उनले गत वर्ष घटस्थापनाको दिन आफ्नो पहिलो गीति एल्बम सार्वजनिक गरेकी थिइन् ।

पहिलो गीति एल्बममा ‘माटो शरीर दिएर, हरपल हरक्षण तिमीलाई, जतन गरेर जिन्दगी, चाल मात्र होइन मेरो, अञ्जुलीमा जिन्दगी अडिएन, विश्वासलाई र मिठो छुरी चलायौसहति ६ वटा गीत रहेको छ । एल्वमको तीनवटा गीत उनको आफ्नै रचना रहेको छ भने दुई गीत महेश पौडेल र एउटा सुरेन्द्र न्यौपानेले लेखेका छन् । एसियन म्युजिकले बजार व्यवस्थापन गरेको यो एल्वमका सोलो संगीत देवेन्द्र राईको रहेको छ ।

गत वर्ष एल्बम विमोचनमा अर्को वर्ष अर्को एलबम निकालने प्रतिवद्धता जनाएको स्मरण गर्दै उनले नयाँ गीत रेकर्डिङलाई तीव्र बनाएकी छन् । ‘म आफ्नो प्रतिवद्धता पूरा गर्न लागिपरेकी छु’ उनले भनिन्, ‘गीतसंगीतलाई जीवनकै एउटा अंग बनाउने योजना रहेकाले सकेसम्म प्रत्येक वर्षमा एउटा एल्बम निकाल्छु ।’

घटस्थापनाकै दिन एल्बम सार्वजनिक गर्ने योजना रहेको बताउने उनले भूकम्प र पछिल्लो राजनीतिक अवस्थाले गर्दा केही दिन ढिलो गरेर एल्वम सार्वजनिक गर्ने योजना बनाएका उनको भनाइ छ ।

प्रतिक्रिया