प्रचारको अर्को शैली

Ashishma-dress copyकाठमाडौं, २० असोज । आगामी  कात्तिक ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अधकट्टी’ को प्रचार धमाधम भइरहेको छ । नेपाली चलचित्रको प्रमोसन गर्न निर्माता टोलीले नौलो तरिकाहरु अपनाउन थालेका छन् ।

अहिले बजारमा चलचित्र अधकट्टी फेसनको चर्चा छुट्टै रुपमा बढेको छ । चलचित्रकी नायिका आशिष्मा नकर्मीलाई अचेल ‘कोकाकोला गर्ल’ उपनाम पाएकी छन् । किरण माइकलको शब्द तथा वसन्त सापकोटाको संगीतको ‘कोकाकोला गर्ल’ बोलको गीतको लोकप्रियताले नायिका अशिष्मालाई थप उत्साहित बनाएको छ । सायद त्यसैले हुनुपर्छ, यतिबेला उनले चलचित्रको प्रचारका लागि बनाइएको ‘अधकट्टी’ को शीर्षक लोगो अंकित टिसर्टलाई आफँैले डिजाइन गरेर स्टाइलिस बनाएकी छिन् ।

त्यही क्रममा परम्परागत टिसर्टबाट अलि माथि उठेर आशिष्माले लगाएकी स्टाइलिस डिजाइनको चम्किलो पहेँलो रंगको अधकट्टी टिसर्ट अहिले चलचित्रक्षेत्रमै चर्चाको विषय बनिरहेको छ ।

अशिष्माले प्रायः कार्यक्रममा अधकट्टी लेखिएका टिसर्ट लगाएर चलचित्रको प्रचारमा सहयोग गर्दै आएकी छिन् । भर्खरै चितवनमा पत्रकार सम्मेलन गरेको अघकट्टीको टोलीले प्रचारको कार्यलाई तीव्रता दिन थालेको छ ।

प्रतिक्रिया