दुई म्युजिक भिडियो आउँदै

morong vidioमोरङ, १९ असोज । मोफसलमा रहेका कलाकार तथा सञ्चारकर्मी अनोज रोक्काको डेब्यु मोडलिङमा ‘धेरै धेरै माया गर्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पूर्वाञ्चलको लेटाङ र बेतना आसपासमा सुटिङ गरिएको भिडियोमा सुमित खड्काको स्वर तथा संगीत रहेको छ भने गीतको रचना प्रकाश खड्काले गरेका छन् । म्युजिक भिडियोमा अनोजसँगै ब्युटिसियन पेसामा रहेकी मोडल एलिसा विकले अभिनय गरेका छन् ।

निर्देशक भूपाल बान्तावाको निर्देशन रहेको भिडियोमा मायाप्रेमका डुबेका जोडीहरूको मनोविज्ञानलाई प्रस्तुत गरिएको अनोजले बताएका छन् । मोफसलमा बसेर म्युजिक भिडियो निर्देशन गरिरहेका भूपालले म्युजिक भिडियो समसामयिक रहेको बताएका छन् । सुमन अधिकारीले छायांकन गरेको उक्त भिडियो आउन लागेको दसैँ अगाडि रिलिज गरिने भएको छ ।

भिडियोमा युवा अवस्थामा व्यक्त गरिएको प्रेममय मनोकांक्षालाई उतार्न कोसिस गरिएको भन्दै मोफसलका प्राकृतिक दृश्यहरूलाई प्राथमिकता दिएको निर्देशक बान्तावाले बताए । उनले भने, ‘जसले दर्शकहरूलाई अपनत्वको बोध हुनेछ ।’ बाल्यकालदेखि नै अभिनयमा रुचि राख्दै आएको अनोजले भने भिडियोमा खेल्ने इच्छा र साथीभाइको प्रेरणाले अभिनय गरेको बताए । उनले भने, ‘नयाँ कामको अनुभवको लागि अभिनय गरेको हुँ, म सञ्चार क्षेत्रमा नै उपयुक्त छु तर हरेक विधामा अनुभव हुनु सिकाइको दृष्टिकोणले पनि उपयुक्त भएकाले यो पहिलो प्रयास हो ।’

यसै गरी सुनसरी इटहरीका गायक भरत सुनारको तेस्रो म्युजिक भिडियो ‘गयौ माया’लाई क्रेजी इन्टरटेनमेन्टले निर्माण गर्ने भएको छ । पूर्वेली होटल जिरीखिम्तीमा कलाकारहरू सुमन खनाल, करण धिताल र कुसुम ओझाले भिडियोमा अभिनय गरेका छन् ।

भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । उक्त भिडियो सन्तोष राइको निर्देशनमा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडियोका विषयमा निर्देशक राईले यो भिडियो त्रिकोणात्मक प्रेमकथामा आधारित छ विशेषतः टिनएजर लाइफलाई मध्यनजर गर्दै माया प्रेमका कुरालाई नै प्रस्तुत गरेको बताए । भिडियो चाँडै नै रिलिज हुने क्रेजी इन्टरटेइमेन्टले जानकारी गराएको छ ।

प्रतिक्रिया