तंग्रिदै भीम अस्पताल

Bhim-Hospitalरूपन्देही, १७ असोज । लामो समयदेखि थला परेको यहाँको जिल्ला अस्पताल आजभोलि तंग्रिदै गएको छ । १९९० सालमा स्थापित भीम अस्पताल भैरहवा अहिले स्वस्थ हुँदै गएको हो । बिरामी मान्छेलार्ई सेवा दिने अस्पताल प्राविधिक र भौतिक रूपमा नै थला परेपछि यस क्षेत्रका मानिस अत्यन्तै चिन्तामा थिए ।

पछिल्लोपटक अस्पताल विकास समितिको सक्रियताको कारण जिल्ला अस्पताल तंग्रिन पुगेको हो । जिल्लाको धकधई, मर्चवार, लुम्बिनीलगायतका ग्रामीण क्षेत्रका जनता मुख्य सेवाग्राही रहेको सो अस्पतालमा व्यवस्थापन समितिको सक्रियतासँगै अस्पतालको सेवासमेत प्रभावकारी भएको छ । दैनिक डेढ सय बिरामी आउने सो अस्पतालमा चिकित्सकीय र भौतिक सेवाको स्तरवृद्धि हुँदै गएको छ ।

सरकारी अस्पताल भनेपछि अधिकांश नेपालीले नाक खुम्चाउने प्रवृत्तिलार्ई चिर्दै अस्पताल विकास समितिले योजनाबद्ध काम पनि अगाडि बढाएको छ । गत असोजमा अस्पताल विकास समितिको अध्यक्ष भएर आएका हितराज पन्थीले अस्पतालमा आएसँगै धेरै महत्वपूर्ण काम गरेका छन् । अध्यक्ष पन्थीले अस्पतालको दीर्घकालीन विकासका लागि गुरु योजना बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेसँगै भीम अस्पतालको सेवा अझै अब्बल र सबल हुनेमा विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष पन्थीले भने ‘भौतिक रूपमा जीर्ण र प्राविधिक रूपमा रुग्ण अस्पताललार्ई अहिलेको अवस्थामा ल्याउन स्थानीयको सहयोग प्रशंसनीय रहेको छ । मलार्ई विश्वास छ, अस्पतालको स्तरवृद्धिका लागि हामीले भीमको गुरु योजना बनाएर मन्त्रालयमा पेस गरिसकेका छौँ । त्यो छिट्टै स्वीकृत भएर आउनेछ ।’

विगतमा चिकित्सक नहँुदा समस्या झेल्नुपरिरहेको भीममा हाल प्रसूतिरोग विशषज्ञ डा. अनन्तकुमार शर्मा, न्युरो सर्जन डा. डम्बर विक्रम शाह र मेडिकल अधिकृतहरूमा गौरव देवकाटा, मन्जिला घिमिरे, सुबोध बस्याल र सुनीता लम्सालले सेवा दिइरहेका छन् ।

सरकारी बजेटको मात्रै मुख ताकेर सधैँ योजना बनाउने भीम अस्पतालले आफ्नो आन्तरिक आम्दानीको स्रोतको सही व्यवस्थापन गरेसँगै यसको सेवा विस्तार र व्यवस्थापनमा सहजता आएको हो । ०४१ सालदेखि आफ्नो स्वामित्वका ३४ सटर भाडामा लगाउँदै सो अस्पतालले नयाँ व्यवस्थापन आएसँगै समयसापेक्ष सटर भाडा व्यवस्थापनका लागि टेन्डर गर्न सफल भयो । वर्षौंदेखि टेन्डरमा जान नसकेको सो सटरलार्ई नया“ अध्यक्ष पन्थीको अडानको कारण टेन्डर भएरै छाड्यो । टेन्डरमार्फत सटर भाडामा गएपश्चात् अस्पतालको आम्दानी चौबर बढेको छ । पहिले वार्षिक करिब १० लाख आम्दानी हुने गरेकोमा अहिले ७० लाख पुग्ने गरेको छ । जसबाट आन्तरिक व्यवस्थापनमा आर्थिक कठिनाइ टरेको छ ।

सधैँ फोहर र गन्हाउने अस्पताल अहिले चिटिक्क परेको छ । अस्पतालमा सरसफाइ, फोहरमैला व्यवस्थापनलार्ई विशेष ध्यान दिइएको छ । अस्पतालका बेडहरूको सर्फा, शौचालयको सफाइदेखि वार्डहरूमा झुलको र लामखुट्टे रोक्न सबै ढोका झयालमा जालीको व्यवस्था पनि भएको छ । इमरजेन्सी सेवालार्ई अपडेट गर्दै इसिजी र एक्सरे प्यानलको पनि सही व्यवस्थापन भएको अध्यक्ष पन्थी बताउँछन् । अस्पतालमा अहिले सरकारले प्रदान गर्ने भनेको विभिन्न प्रकारका औषधिहरू विपन्न र असहायलार्ई वितरण गर्दै आएको छ ।

२५ शय्याको स्वीकृत पाएको सो अस्पतालले ५७ शय्या सञ्चालन गर्दै आएको छ । अब एक सय शय्या पु¥याउनका लागि मन्त्रालय र विभागमा पहल भइरहेको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भीमको सम्भाव्यता अध्ययनका लागि एउटा समिति नै बनाएको र सो समिति छिट्टै रूपन्देही आई अध्ययन गर्ने बुझिएको छ । अस्पतालको दीर्घकालीन विकासका लागि गुरुयोजना नै बनाई कार्यक्रम अगाडि सारेको अस्पताल परिसरमा सुविधा सम्पन्न पोस्ट मार्टमगृह निर्माणको कार्य पनि सुरु भएको छ । अस्पतालले टेन्डर प्रक्रियामार्फत शव तथा पोस्ट मार्टमगृह निर्माणको ठेक्का प्रितम बिल्डर्सलार्ई दिइसकेको छ । नेपाल र दक्षिण कोरियन सरकारको संयुक्त लगानीमा सामन्य अप्रेसनका लागि आवश्यक भौतिक पूर्वधारसमेत तयार गरिसकेको अस्पतालले प्रसूति विभागको उच्च व्यवस्थापनमा पनि योजनाबद्ध काम गरिरहेको छ । अस्पतालका अध्यक्ष पन्थीले दिएको जानकारीअनुसार छेउछाउका निजी अस्पतालको प्रतिस्पर्धी अस्पताल बनाउन चिकित्सकीय सेवा र भौतिक पूर्वाधारमा विशेष ध्यान दिई कार्य प्रारम्भ गरिएको छ । अस्पतालमा छिट्टै पेयिङ क्लिनिक, फोर्मेसी र शुद्ध खानेपानीको व्यवस्थापन गरिने भएको छ । सरकारी काम कहिले जाला घाम भनेजस्तै अस्पतालमा कर्मचारीको अझै पनि कार्यशैली नफेरिए यता पनि समयको रफ्तारसँगै भीम अस्पताल जसरी जिल्लाको जेठो अस्पतालको रूपमा सञ्चालनमा आयो त्यसरी नै सुविधा र सेवाको हिसाबले पनि सधैँ जेठो र उत्कृष्ट हुनेमा भैरहवावासीले विश्वास गरेका छन् ।

११ जना अस्पताल विकास समितिका र ४५ जना मन्त्रालयका कर्मचारी रहेको सो अस्पताललार्ई उत्कृष्ट बनाउन कर्मचारीहरू जनताप्रति जवाफदेही र उत्तरदायी बन्नु जरुरी छ । अस्पतालमा अझै इमरजेन्सी सेवालार्ई प्रभावकारी बनाउनुपर्ने, अस्पतालमा दरबन्दिमा रहेका चिकित्सक निजी अस्पतालमा जाने परिपाटी बन्द गरिनुपर्ने, अस्पतालको सबै सेवा अपटुडेट हुनुपर्ने, ल्याब रुम र शौचालय सधैँ सफाइयुक्त हुनुपर्ने, एम्बुलेन्स सेवा सञ्चालन गरिनुपर्ने, काम नपाएर घरमै बसेर तलब खाँदै चालकलगायतका कर्मचारीलार्ई तत्काल काममा लगाउनुपर्ने, स्थानीयको सहकार्यमा अस्पतालका कमिकमजोरी सुधार गर्दै गएमा भीम अस्पताल रूपन्देहीवासीको भरोसाको केन्द्र बन्न सक्छ । प्राविधिक र भौतिक रूपले रुग्ण अस्पताल निरोगी बनेपछि सो अस्पताल भैरहवा क्षेत्रका निजी क्लिनिक तथा मेडिकल कलेज र निजी अस्पतालको प्रतिस्पर्धी हुनेमा विश्वास गरिएको छ । सरकारी अस्पतालमा जान नचाहने मध्यम र सम्पन्न परिवार पनि अस्पतालको सरसफाइ र प्रभावकारी चिकित्सकीय सेवा पाएपछि सेवाग्राहीको संख्या पनि ह्वात्तै बढ्ने बुझिएको छ ।

प्रतिक्रिया