काठमाडौं, १७ असोज । नेपालमा पशुपन्छीका लागि प्रयोग गरिने भ्याक्सिन उत्पादन गर्ने मेसिन पुरानो हँुदा उत्पादनमा समस्या भएको छ । ०४० सालमा नेपालमा जैविक भ्याक्सिन उत्पादनको लागि ल्याएको मेसिनले अहिले ३२ वर्ष पार गरिसकेको छ । पुरानो मेसिनमा काम गर्दा धेरै समस्या भोग्नुपरेको गुनासो कर्मचारीको रहेको छ ।
कार्यालयका चिकित्सकका अनुसार भ्याक्सिन उत्पादनका लागि काम सुरु गरेपछि नसकुन्जेलसम्म निरन्तर काम गर्नुपर्छ । तर, मेसिन पुरानो हुँदा बीचबीचमा मेसिन बन्द हुँदा काम रोक्नुपर्ने हुन्छ । नेपालमा पशुपन्छीलाई चाहिने सबै किसिमका भ्याक्सिनहरू उत्पादन हुँदै आइरहेको छ । कृषि विकास मन्त्रालय पशु सेवा विभागअन्तर्गतका केन्द्रीय जैविकी उत्पादन प्रयोगशालाले कुखुराको लागि अहिलेसम्म रानीखेत एफस्टे«न भ्याक्सिन, रानीखेती आरटुवी स्टे«न भ्याक्सिन, रानीखेत लासोटास्टे«न भ्याक्सिन, फावन पक्स भ्याक्सिन, गम्बोरो जीवित भ्याक्सिन, एनडी आइटु भ्याक्सिन उत्पादन गर्दै आइरहेको छ । यस्तै, कार्यालयले पशुका लागि आवश्यक्ताअनुसारका गाई, भैँसी, बंगुर तथा भेडा बाख्राका खोपहरूमा एचएस भ्याक्सिन, एचएच एरोसोल भ्याक्सिन, एन्थाक्स स्पोर भ्याक्सिन (जीवित), स्वाईन फिभर भ्याक्सिन (लेपिनाईज्ड), पिपिआर होमोलोगस टिस्युकल्चर भ्याक्सिन (जीवित) लगायतका खोपहरू उत्पादन गर्दै आइरहेको छ ।
नेपालमा जैविक उत्पादन सुरु भएसँगै नेपाली जनतालाई पशुपन्छीको भ्याक्सिन खरिद गर्न सहज भएको छ । भ्याक्सिन उत्पादनका लागि कार्मचारीको अभाव सधैँ छ । कर्मचारीको अभावले तोकेअनुसारको भ्याक्सिन उत्पादनका लागि कम कर्मचारीले धेरै काम गर्नुपरेको छ ।
नयाँ मेसिन उपलब्ध भएको खण्डमा एक हजार कर्मचारीले बनाउने भ्याक्सिन मेसिनले बनाउन सक्ने कार्यालयले जनाएको छ । भ्याक्सिन बनाउने मेसिनले काम कति समय गर्न सक्छ भन्नेबारे बेखर छौँ । काम गर्दा मेसिन बिग्रने, पाइपहरू बिग्रनेजस्ता समस्यात निरन्तर नै भइरहेको छ । पशुचिकित्सक रवीन्द्र भैल भन्छन् सरकारले भ्याक्सिन उत्पादनको क्षेत्रलाई हेरेन भन्न खोजेको त बिलकुलै हैन तर वार्षिक रूपमा सिमित बजेट विनियोजन मात्रै गरेर भएन । समयअनुसारको प्रविधि ल्याउन सकेको खण्डमा अन्तर्राष्ट्रियस्तरको भ्याक्सिन नेपालमा नै उत्पादन गर्न सक्छौँ ।
अन्तर्राष्ट्रिय बजारसँग भ्याक्सिन उत्पादनमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता नेपालको पनि छ । सो स्तरका कर्मचारी पनि नभएका होइनन् तर जैविक भ्याक्सिनजस्तो महत्वपूर्ण विषयमा उत्पादनमा सरकारले खासै चासो दिएको पाइँदैन । हरेक वर्ष बजेट विनियोजन हुनुभन्दा पहिला नै हामीले आधुनिक मेसिन किन्नका लागि पनि यो वर्ष बजेट छुट्याइयोस् भन्छौँ तर, के गर्नु खै आजसम्म पाएका छैनौँ । कार्यालय प्रमुख किसानलाल भट्ट भने मेसिन त धेरै छन् तर हामीले यो वर्ष एउटा नयाँ मेसिन खरिद गर्ने प्रक्रिया भइरहेको बताउँछन् । अन्य मेसिन खरिदका लागि बजेट अभाव भएकाले अहिले तत्कालै सम्भव नभएको भट्टको भनाइ छ । कृषि मन्त्रालयअन्तर्गत फ्रिज ड्रायर मेसिन किन्ने काम भैरहेको अबको पाँच महिनासम्ममा मेसिन आउने उनले बताए ।
प्रतिक्रिया