आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज(सोमबार) बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । रूपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने ३१ दलका शीर्ष नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

राष्ट्रपति रामवरण यादवले शुक्रबार सहमतीय सरकार गठन गर्न सात दिनको समय दिएपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दहालसँगको छलफलपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

‘सहमतिको सरकार गठनको विषयमा प्रधानमन्त्रीले भोलि (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ’, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘छलफलपछि पार्टीले सरकार निर्माणको विषयमा आवश्यक निर्णय लिनेछ ।’ आइतबार बिहान सरकार निर्माणकै विषयमा कांग्रेस पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बसेको थियो । (सौस)

प्रतिक्रिया