काठमाडौं, १६ असोज । भर्खरै विवाह बन्धनमा बाँधिएकी नेपाली नायिका रीमा विश्वकर्माले विवाहपछिको हनिमुन खर्च चलचित्रकर्मी कल्याण कोषलाई प्रदान गरेकी छन् । उनले गत आइतबार मात्र चावाहिलस्थित होटल ह्यातमा
रोर्बट ल्वागुनसँग विवाह गरेकी हुन् । बेलायतमा बस्दै आएका ल्वागुनसँग प्रणयसूत्रमा बाँधिएकी नायिका रीमाले विवाहलगत्तै हनिमुनका लागि माल्दिभ्स वा पेरिस जाने निर्णय गरेका थिए । रीमाले भनिन् ‘तर, हनिमुन मनाउन जाने बहाना भनेको ऐक्स्ट्रा खर्च जस्तो लाग्यो । बरु त्यसलाई कुनै सिर्जनशील काममा लगाउ जस्तो लाग्यो ।’ यी नवदम्पतीले हनिमुन जाने निर्णय क्यान्सिल गरेर त्यस प्रयोजनमा हुने सम्भावित रकम चलचित्रकर्मी कल्याण कोषलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
एक लाख रूपैयाँ कल्याण कोषकी संयोजक झरना थापालाई प्रदान गरेपछिको रीमाले हनिमुन जानुभन्दा बरु त्यो खर्चलाई नयाँ कामका लागि किन खर्च नगर्ने भन्ने विचार आएकाले श्रीमान्को सहमतिमा रकम दिएको बताएकी छन् ।
विवाहपछि पनि अभिनय क्षेत्रलाई निरन्तरता दिएकी नायिका झरना थापालाई आफ्नो आदर्श मान्ने गरेकी बताउने रीमाले उनकै नेतृत्वको कोषलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
ल्वागुनसँग फेसबुकबाट साथी बनेका यो जोडीले छोटो प्रेम सम्बन्धपछि विवाह गरेका हुन् । आइतबार नै पति रोबर्टलाई बेलायतका लागि बिदाइ गर्न लागेकी रीमाले फिल्म ‘स्वर’ बाट फिल्मी नगरीमा प्रवेश गरेकी हुन् । उनलको पछिल्लो फिल्म ‘भाले फाइट’ प्रदर्शन भइरहेको छ । फिल्ममा उनी बाबु बोगटीको साथमा देखिएकी छन् ।
प्रतिक्रिया