महिला स्टारको कामुक फेसन

hot_actressलन्डन, १४ असोज । बेलायतमा भएकोे ‘पाँचौँ राष्ट्रिय रियालिटी टिभी अवार्ड’मा सहभागी हुन पुगेका २ स्टारको कामुक फेसनले बेलायतमा चर्चा कमाएको छ । बुधबार राती आयोजना भएका उक्त अवार्डको कार्यक्रममा मिल्ने साथी स्टार मार्नी सिम्पसन र क्लो गुडम्यानले लगाएको पहिरले धेरैको आँखा लोभ्याएको हो ।
सेतो वन पिसमा देखिएकी मार्नीको क्लिभेज मिडियाको क्यामेरा सर्वाधिक धेरै कैद भएको थियो भने उनले आफ्नो जुत्ता र पहिरनको रंग मिलाएर पहिरनप्रतिको सजकता पनि देखाएकी सहभागीहरुले बताएका थिए ।
टेलिभिजनमा खुबै चर्चा पाएकी यी दुई स्टारको चमकता विशेष थियो । जब स्टारहरु रेड कार्पेटमा उत्रिन्छन्, तब महिला स्टारको पहिरनको चर्चा ज्यादा हुन्छ । हलिउड, बलिउड वा नेपाली चलचित्र क्षेत्रमा नै किन नहोस्, स्टारको स्टार शैलीले जहिले पनि वज बनाइरहेको हुन्छ । बुधबार भएको टेलिभिजन अवार्डमा पनि मार्नी र क्लोले पहिरनका कारण वज बनाएका थिए ।

प्रतिक्रिया