प्यूठानका दुई गाविस सडक सञ्जालमा जोडिदै

pyuthanप्यूठान, १४ असोज । हालसम्म सडक सञ्जालले नछोएको जिल्लाका दुई गाविसमा सडक पु¥याइदै छ । जिल्लाको कोचिवाङ र स्याउलिवाङ गाविसमा यसवर्ष सडक पु¥याउने लक्ष्य सहित जिल्ला विकास समितिले बजेट विनियोजन गरेको छ । जिल्ला विकास समिति प्यूठानले आर्थिक वर्ष २०७२÷०७३ को स्थानीय यातायात पूर्वाधार क्षेत्रगत विकास कार्यक्रम अन्र्तगत सडकले नछोएको दुई गाविसमा बजेट विनियोजन गरेको छ । कार्यक्रम अन्र्तगत बाहाने–स्याउलिवाङ सडकको लागि २० लाख र धरमपानी कोचिवाङ सडकका लागि ५० लाख रुपैयाँ विनियोजन भएको स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताए ।

जिविसले ७ वटा सडक मर्मतका लागि ८ लाख १४ हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । खरिवोट–गोयलछेडी सडक, बाहाने–लुङ–तुषारा–ढाँड सडक, खलंगा–सरङकोट–सरङवेशी सडक, टिकुरी–गुरुङगाँउ–माझकोट सडक, बांगेफेदी–बांगेमरोठ–अर्घाखाँची सडक, चेरनेटा–सालघारी–सोत्रे सडक, बाहाने–डाम्री–रोल्पा सडकका लागि ५६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी जिल्लाका २३ वटा सडक मर्मतका लागि ४० हजार रुपैयाँका दरले ९ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बड्डाँडा–हंसपुर सडक, बड्डाँडा–पुटाखोला सडक, बाहाने–डामृ सडक, अग्लुङफेदी–रजबारा–स्याउलिवाङ सडक, पातिहाल्ना–खुङ सडक, पिपलनेटा–नारिकोट–खुङ सडक, खरिबोट–मजुवा–चुदरीखोला–चुँजा सडक, मजुवा–मर्कावाङ–गोयलछेडी सडक, सालठाँटी, चौरपानी–बरौला सडक, बाघखोर–विजुलीकोट–बरम पोखरा सडक मर्मतका लागि बजेट विनियोजन गरिएको जिविसले जनाएको छ ।

त्यसैगरी सिर्सेगैरा–मुन्डाँडा–चुँजाठाटी–चुँजाखर्च–मरभुङ सडक, हरियाटारी–पकला–जाबुने– दाङवाङ सडक, ढाँड–गब्दी–तुषारा सडक, ढाँड–गब्दी–लिवाङ सडक, दरभान–झिलिवाङ सडक, स्याउलिघारी–सल्लिकोट–सिरुवारी–कालीपोखरी सडक, ढुंगेठाटी–ठूलोगाउँ सडक, टिकुरी–गुरुङगाउँ–लम्छ्याङनेटा सडक, बाहाने–लुङ–तुषारा सडक, टुनिरुख– धोविखोला–झाक्रिस्थान सडक मर्मतका लागि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया