लसएन्जलस, १३ असोज । हलिउडमा हालसम्मकै धेरै कमाएको सन् २००९ को चर्चित फिल्म ‘अवतार’ को सिक्वेल ‘अवतार २’ को फस्ट लुक नक्कली रहेको निर्माण कम्पनीले जनाएको छ ।
अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको फिल्मको नायिका ‘नाभी नियात्री’ को ड्रइङ आर्ट फेक रहेको उनीहरूले जनाएका छन् । फिल्मका सह–निर्माता जोन लेन्ड्युको फेक ट्विटर एकाउन्टमा ‘अवतार–२’ को फस्ट लुक भन्दै अवतारको महिला चरित्र ‘नाभी नियात्री’ को ड्रइङ आर्ट राखिएको जानकारी दिएका छन् । उनले भने, ‘उक्त कन्सेप्ट आर्ट वास्तविक होइन ।’
कसले ग¥यो भन्ने हालसम्म पत्ता नलागेको उनल जनाएका छन् । सोमबार पोस्ट भएको उक्त ट्विटर एकाउन्टलाई डिलिट गर्ने प्रक्रियामा रहेको सह–निर्माता जोनले बताए । जेम्स क्यामरुनको निर्देशनमा अवतार ४ शृंखलासम्म बन्दै छ । चारवटै शृंखलाको सुटिङ् एकपछि अर्को गर्दै गरिने जनाइएको अवतारको दोस्रो सिक्वेल सन् २०१७ को डिसम्बरमा, तेस्रो २०१८ र चौथो २०१९ मा रिलिज हुने उनीहरूले बताएका छन् ।
प्रतिक्रिया