काठमाडौं, १३ असोज । संगीतकार वसन्त सापकोटाले पहिलोपटक चलचित्र ‘सुश्री’ गीतबाट गायनमा डेब्यु गरेका छन् । आशिका फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कमेडी चलचित्र ‘सुश्री’को गीतमा संगीतकार वसन्त सापकोटाले आफ्नो स्वरलाई बाहिर ल्याएका हुन् ।
संगीतमा लामोसमय व्यतित गरेका संगीतकार सापकोटाले जीवनमै पहिलोपटक चलचित्रका गीत गाएका हुन् । उनले आफ्नै शब्द तथा संगीतमा ‘टेम्पोररी माया‘’ बोलको गीत गाएका हुन् । उनलाई गायिका एन्जिला रेग्मीले साथ दिएको उनले जानकारी दिएका छन् । उनले पहिलोपटक गीत गाउँदा आपूmलाई पनि खुसी लागेको प्रतिक्रिया दिएका छन् । यो गीत केही दिन अगाडि मात्रै सार्वजनिक भएको थियो । अभिनेता आर्यन सिग्देलको चलचित्र ‘सुश्री’को हालै सार्वजनिक ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
कात्तिक ३ गते पूmलपातीबाट प्रदर्शन हुन लागेको चलचित्र सुश्रीमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानलगायतको अभिनय रहेको छ । चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् । पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा वसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर विसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । शिवम अधिकारीले निर्देशन गरेको यस चलचित्रको लेखन र निर्देशन पनि शिवमले नै गरेका हुन् ।
प्रतिक्रिया