समीक्षा सुपर मोडल

super model (1)काठमाडौं, १२ असोज । रिबन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको ‘सुपर मोडल २०१५’को उपाधि समीक्षा आचार्यले हात पारेकी छन् । मोडलिङ गरेर आफ्नो क्यारियर बनाउने चाहने युवतीको कडा प्रतिस्पर्धामा उनले ३४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै यो उपाधि जितेकी हुन् ।

राजधानीमा आयोजित ‘सुपर मोडल २०१५’ को सौन्दर्य प्रतियोगितामा विभिन्न जिल्लाका ३४ प्रतिस्पर्धी रहेका थिए । सुपर मोडल समीक्षाले वेस्ट पर्सनालिटीको अवार्डसमेत हात पारेकी छन् । विभिन्न गीतसंगीत, नृत्य र हास्य प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा कीर्तिपुर मच्छे गाउँकी एन्जिला मालाकार फस्ट रनर्सअपका साथ मष्ट पंचुअल, काठमाडौंको मैतिदेवीकी जीना सिटौला सेकेन्ड रनरअपका साथ बेस्ट डान्सर, बौद्ध महांकालकी अनुशा राई थर्ड रनरअपका साथ मिस ट्यालेन्ट तथा सर्लाहीको हरिपुरकी पूजन कार्की फोर्थ रनरअपका साथमा ब्युटी विथ पर्पसको विजेता भएका छन् ।

प्रतियोगितामा प्रवीणा अधिकारी मस्ट पपुलर अवार्ड र सुस्मिता गुरुङ भ्युअर्स च्वाइस अवार्डका विजेता भए । भने सुस्मिताले वेस्ट स्माइलको उपाधि पनि जितेकी छन् । अश्विनी झाको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न प्रतियोगितामा डेनिषा कुमाल सोसियली रेस्पोन्सिबल, श्रीना मरासिनी मिस क्याटवाक, राधिका सुवेदी फेसबुक च्वाइस, दीपशिखा सापकोटा मिस फोटोजेनिक, पूजा गौतम वेस्ट हेयर, सुजु राई वेस्ट स्किन, सुस्मिता भट्टराई मिस डिसिप्लेन, हिसिला महर्जन वेस्ट आर्टवर्क, प्रतीक्षा भण्डारी वेस्ट स्पिच, गरिमा थापा वेस्ट फिजिक, नेहा शर्मा वेस्ट फिटनेस भएका थिए ।

त्यस्तै, निप्शा ढुंगाना मस्ट फ्रेन्डली, एञ्जल शाह मस्ट चार्मिङ, आशु खड्का मस्ट कन्फिडेन्ट र मस्ट एक्टिभ, मोनिका थापा मिस कन्जिनालिटी, मरियम मिर फेसन आइकन, सिर्जना गिरी मस्ट इन्टलेक्चुयल, उर्मिला शेर्पा र तृषा सिंह मेनेजमेन्ट च्वाइस अवार्ड, प्रश्ना साखः मस्ट पर्पेmक्ट, एलिजा भुजु मस्ट डिजर्भिङ, अपेक्षा केसी सोसल वेलफेयर एम्बेस्डर, बबिता लिम्बु मस्ट क्रियटिभ, निमी शेर्पा मस्ट पोजेटिभ एटिट्युड, रीजु श्रेष्ठ युथ विथ रेस्पोन्सिबिलिटी, मुना भण्डारी वेस्ट एक्टिङ र छिरिङ डोल्कार शेर्पाले वेस्ट सिंगर बनेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अडिसनमा फिल्म निर्देशक दिनेश डिसी, हेयर स्टाइलिस्ट तथा फेसन डिजाइनर निल डेभिड कटुवाल, फेसन डिजाइनर विश्व गौतम, अभिनेता रेश मरहठ्ठा र अभिनेत्री नन्दिता केसीको निर्णायक मण्डलले समीक्षालाई २०१५ लागि सुपर मोडल चयन गरेको हो ।

कार्यक्रममा ध्रुव विस्को, भरत समरी र दीपा लामाले विभिन्न गीत गाएका थिए । हास्यकलाकार महादेव त्रिपाठीले हास्य प्रस्तुतिका साथमा दीपेन शाहसँग नृत्य प्रस्तुत गरेर दर्शक लोभ्याएका थिए ।

प्रतिक्रिया