काठमाडौं, १२ असोज । भर्खरै कतारमा सकिएको ‘आठौं नेफ्टा फिल्म अवार्ड’मा जुरीको निर्णयविपरीत अवार्ड वितरण गरेको भन्दै जुरी सदस्य वीरेन्द्र हमालले असन्तुष्टि पोखेका छन् । उनले नेफ्टा अवार्डमा जुरीले गरेको निर्णयविपरीत केही विधामा अवार्ड प्रदान गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
सुरुदेखि नै विभिन्न कारणबाट विवादमा परिरहेको नेफ्टा अवार्ड जुरी सदस्य हमालको अभिव्यक्तिले विवादमा परेको छ । उनले आफ्नो फेसबुकमा दुईवटा स्टाटस लेख्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘हालै कतारमा भएको नेफ्टा अवार्डका केही विधामा भएको निर्णयमा मेरो घोर विरोध छ,’ लेखेका छन् ।
उनले आफ्नो स्टाटसमा नेफ्टा अवार्डका सम्बन्धमा दोस्रो स्टाटसमा भनेका छन्, ‘म पनि यस अवार्डको जुरी मेम्बर रहेकाले केही विधामा आपत्ति…., यस्तो गर्न नहुने हो …., नेपाली एक्टरहरुको घोर अपमान हो र कदर नभएको ठहर भयो । दुःख लाग्यो’
प्रतिक्रिया