जापानी निर्देशक काठमाडौंमा

japani nirdesakकाठमाडौं, १२ असोज । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्वन गर्ने जापानी निर्देशक डा.तोसिआ इतोहले नयाँ चलचित्र ‘माई लभ–प्रतिज्ञा कठपुतली’ को निर्देशन गरिरहेका छन् । अहिले छायांकनमा व्यस्त इतोहले यसअघि ‘कठपुतली’, ‘शिरीषको फूल’ नेपाली चलचित्र बनाएर अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पु¥याएका थिए ।

उनले यसअघि तयार पारेको चलचित्र कठपुतलीको अर्को शृंखलाको रूपमा ‘माई लभ–प्रतिज्ञा कठपुतली’ बनाउन लागेका हुन् । निर्देशक इतोहले राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपालमा हालै गएको भूकम्प, त्यसले पु¥याएको जनधनको क्षति र ‘जापान डिजास्टर रिलिफ टिम’ले नेपालमा गरेको सहयोगलाई यो चलचित्रमा समेट्ने बताएका छन् ।

नेपाल र जापानमा छायांकन गरिने यो चलचित्रको निर्माण एक वर्षमा सकिने र सन् २०१६ मा चलचित्र दर्शकमाझ ल्याउने तयारी गरिएको उनले बताए । उक्त चलचित्रमा नेपाली कलाकार गणेश लामा, निशा श्रेष्ठ, चैत्यदेवी सिंह तथा जापानी कलाकार हयाता युची, मियामातो थाकु, मिचोतानी रिवाङ, माचुदा सिओतारो, तासाका खाजुतोसीलगायत छन् । हाल यो चलचित्रका लागि पशुपतिको तीज, इन्द्र जात्रासहित विभिन्न जात्रा र भूकम्पपछिको अवशेष खिच्ने काम भइरहेको छ ।

प्रतिक्रिया