‘गोरे’ को अडियो सार्वजनिक

goreकाठमाडौं, १२ असोज । नेपाली कथानक चलचित्र ‘गोरे’ अडियो सार्वजनिक भएको छ । सूर्य जिसीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दिलीप रायमाझी, अनु शाह, राकेशकुमार राई, अभिषेक गिरी, विमला गिरी, सुरवीर पण्डित, माधव पण्डितको मुख्य भूमिका रहेको छ ।

कार्यक्रममा गीतसंगीतको बारेमा संगीतकार विकास चौधरी र गीतकार शंकर अधिकारीले जानकारी गराएका थिए । निर्देशक रामेशकुमार राईले चलचित्रको बारेमा बताएका छन् । विशेष भूमिकामा देखिएकी नायिका खुस्बु खड्काको कार्यक्रममा विशेष चमकता देखियो । चलचित्रमा हरिनारायण चौधरीको छायांकन, प्रदीप खड्काको एक्सन छ ।

चलचित्रका गीतमा नित्या शिवा, ऐनी श्रेष्ठ, जुना प्रसाईं, रञ्जितकुमार सहनी, डेबिड शंकर र विकास चौधरीको आवाज सुन्न सकिनेछ । चलचित्रको रिलिज मिति भने हालसम्म तय नगरिएको निर्माता समूहले जानकारी दिएका छन् ।

प्रतिक्रिया