काठमाडौं । कलिलो उमेरमै चारपटकसम्म विदेश पुगेर आएका विश्वास लामा विदेशमा काम लाग्ने केही सिप सिकेर मात्र विदेश जानुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेका छन् । ओखलढुंगामा जन्मिएका विश्वासको घर रामेछाप भए पनि उनले भारतमा गएर एसएलसीसम्म अध्ययन गरेका छन् ।
आमाबुबासँगै भारतमा पुगेका उनीहरुलाई छाडेर बुबाले सौतेनी आमा भित्र्याए । त्यसपछि सुरु भए विश्वासका दुःखका दिनहरु । ‘परिवारमा एक दाजु र आमा अनि आफूलाई बुबाले जिउँदै टुहुरो पारेर छाडे,’ उनले भने । तर पनि उनकी आमाले हरेस नखाई एसएलसीसम्म पढाइन् । काम र मामको खोजी गर्दै पैसा कमाउन विदेश जाँदाको अुनभव उनले राम्रोसँग सँगालेका छन् ।
‘बुबाले सानैमा सौतेनी आमा ल्याएर जिउँदै टुहुरो जस्तो बनाएर छाडे पनि आमाको एकतर्फी माया र ममताले १४ वर्षको उमेरमा एसएलसी दिन पाएँ तर त्योभन्दा माथिको पढाइलाई निरन्तरता दिन सकिनँ,’ विश्वासले खिन्न हुँदै आप्mनो तीतो विगत कोट्याए । उनका दाजु जीत लामाले भाइलाई पढाउन भनेर ३० हजार भारु ऋणसमेत खोजिदिएको सम्झँदै विश्वासले भने, ‘आफ्नै अगाडि आमाको बेहाल छ । मभन्दा दुई वर्ष मात्र जेठो जित दाइले मेरै अगाडि भाइ पढाउँछु भन्दै ३० हजार ऋण खोज्यो । त्यसपछि मलाई लाग्यो, मैले यत्रो पैसा खर्चेर पढे पनि यो ऋण कहिल्यै तिरिन्न होला ।’
त्यसैले उनले बिना सिप र दक्षता वैदेशिक रोजगारलाई रोजे । उनले भने, ‘मेरो बाध्यता थियो विदेश जानु । विदेशमा सहजै आम्दानी गर्न सकिन्छ भन्ने थियो तर सोचेजस्तो विदेश कहाँ हुँदो रहेछ र ?’
‘पढ्न मन भएर पनि मलाई परिस्थितिले विदेश नै पु¥यायो,’ उनले भने । भर्खर उमेरले १७ वर्ष मात्र टेकेका उनका जित दाइले भाइलाई पढाउन ऋण खोजेर ल्याएका थिए रे । त्यो पनि भाइका लागि भनेर ल्याएको ऋण ३० हजार रुपैयाँ भारु दिएपछि मनमा आँधीबेहरी चलेको उनले सुनाए । उनले भने, ‘त्यत्रो पैसा ऋणमा परेर पढ्न त पढौँला पछि कुनै कारणवश जागिर खान सकिएन भने कलिलो उमेरमै दाइले लिएको ऋणका कारण जित दाइलाई कस्तो होला भनेर नपढ्ने निर्णय गरेँ ।’ पैसा कमाउनका लागि मैले पढ्ने कुरा छाडेर विदेश जान्छु भन्नेतिर मन गयो । अनि, त्यही पैसा बोकेरमा नेपाल आएँ र पासपोर्ट बनाएर लागेँ विदेश ।’ पैसा कमाउनकै लागि कतार, थाइल्यान्ड, कुबेत र दुईपटक दुबई पुगेका उनले भने, ‘सुरुमा स्विपरबाट काम गरेको अनुभव मसँग छ । मैले काम गर्दा स्विपर बनेँ, भाँडा माझेँ, किचन ब्वाइ पनि भएँ, हुँदै कुक हेड कुक अनि म्यानेजरसम्म भएँ, त्यो नै मेरो अनुभवको शृंखला हो ।’
त्यही सेरोफेरोमा उनले आफूलाई काम नसिकी विदेश जाँदा कसरी दुःख पाइन्छ भन्ने कुराको मेसो पाएको बताए । ‘काम त सानो भए पनि ठूलो भए पनि गर्नै पर्छ तर सिप भएर गरेको र नभएर गरेकोमा फरक हुँदो रहेछ,’ उनले अनुभव सुनाए । जहाँ जहाँ उनले काम गरे, त्यहाँ उनको एउटै सपना थियो, जिन्दगीलाई सहजताका साथ बिताउँदै भविष्यमा सफल व्यापारी बन्ने । उनले स्विपरदेखि म्यानेजरसम्मको काम गर्दाको सपना भनेको आपूmलाई व्यापारको लाइनमा ल्याउने र व्यवसायिक तालिमहरु सञ्चालन गर्ने थियो । आखिर अहिले त्यो कुराले नै उनलाई सफलततर्फ उन्मुख गराएको उनले बताएका छन् ।
निरन्तर प्रयास र इमानदारिताका साथ काम गर्दै जाने हो भने सफल भइने कुरामा विश्वस्त विश्वास अहिले सेभ सफारी होटल म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका सञ्चालक छन् । उनी अहिले आपूmले जानेको सिप अरुलाई बाँढिरेको बताउँछन् । ‘मैले जानेको कुरा अरुलाई सिकाउन पाउँदा निकै आनन्द लाग्ने गरेको छ ।’ वैदेशिक रोजगारमा जान लागेकाहरुलाई उनले होटल म्यानेजमेन्टसम्बन्धी तालिम दिने गरेका छन् । अनुभव आफैँमा राम्रो जागिर भएको बताउने उनी अंग्रेजी भाषको समेत राम्रो दख्खल राख्छन् । ‘दुःखसँग परिचत छु, त्यसैले म सकेसम्म दुःखी मनलाई केही मलम लगाउने कोसिसमा छु,’ उनले भने । हामी गरिब छैनौँ, हाम्रो चिन्तन नै गरिब छ । नेपालमा बसेर काम गर्न अल्छी मान्ने लजाउने बानीका मान्छेहरु विदेशमा गएर जे काम गर्न पनि तयार हुने गरेका उनले प्रस्ट देखेका छन् ।
अहिले आफ्नै कम्पनीबाट वैदेशिक रोजगारमा जान चाहने तथा स्वदेशमै होटलसम्बन्धी तालिम लिएर काम गर्न चाहने युवाहरुलाई तालिम दिँदै आएका विश्वासले दुःख र सुखको संगम भनेको जीवनको भोगाइ रहेको बताएका छन् ।
प्रस्तुति : माक्पाली कान्छा
प्रतिक्रिया