काठमाडौं । हलिउडको जस्तै प्रचारको नक्कल नेपालमा समेत देखिएको छ । आगामी मंसिरदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’ युनिटले यस्तो नक्कल गरेको हो । मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’ युनिटले प्रचार प्रसारका लागि मारुती भ्यानको प्रयोग गरेको छ । हलिउड फिल्म एभरेस्ट, ह्यारी पोर्टरलगायत फिल्महरुमा सार्वजनिक यातायातमा पोस्टरिङ गर्ने गरेका छन् ।
नेपाली चलचित्रमा प्रचार गर्ने शैलीहरु नयाँनयाँ आउन थालेपछि उक्त युनिटले यो शैली अपनाएको छ । निर्मल शर्माद्वारा निर्देशित चलचित्र चकलेटको प्रचारप्रसारका लागि काठमाडौंका २२ वटा मारुति भ्यानमा चकलेटको पोस्टर टाँसेर चलचित्र प्रचारप्रसारको नयाँ अभियान थालिएको हो ।
मारुति भ्यानमा चकलेटको पोस्टर टाँसेसँगै अब मारुती भ्यान जहाँ–जहाँ जानेछन् सबै ठाउँमा चकलेटको प्रचार हुनेछ । सडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पुजना स्त्रीको प्रस्तुतिमा खुसी गुरुङ, प्रीतिमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढी बालबालिकाको अभिनय रहेको छ । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोष र रायन कार्कीको संगीत रहेको छ ।
प्रतिक्रिया