काठमाडौं, ११ असोज । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी नायिका निशा अधिकारीले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल चढ्ने भएकी छन् । अफ्रिकाको सबैभन्दा उच्च हिमाल ‘किलिमनजारो’ चढ्न तयारी गरिरहेको निशाले जानकारी दिएकी छन् ।
सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गर्दै उनले हिमाल चढ्न लागेको बताएका छन् । अफ्रिकामा रहेको समुन्द्री सतहबाट ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको किलिमनजारो हिमाल चढ्न लागेकी पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छन् ।
उनले अक्टोबर १ बाट हिमाल आरोहण सुरु तयारी रहेको उनी सेप्टेम्बरको अन्तिममा उनी उक्त ठाउँ जान लागेकी हुन् । निशाले नेपालको राष्ट्रिय झन्डा र कलाकार संघको झन्डा पनि किलिमनजारोमा फराउने बताएकी छन् । आफूले सिंगो नेपाली नारीको प्रतिनिधित्व गर्दै हिमाल चढ्न लागेको उनको भनाइ थियो ।
अमेरिकाबाट केही दिन अगाडि मात्रै नेपाल आएकी निशाले पुनः सर्वोच्च शिखर सगरमाथामा फहराएको नेपाली झण्डा र नेपाल कलाकार संघको झन्डा अफ्रिकाको किलिमान्जरोमा पनि फहराउने छिन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निशाले अफ्रिकाको उच्च हिमाल किलिमान्जरो आरोहण गर्नेबारे औपचारिक जानकारी दिइन् । ‘बालबालिकाहरुको लागि ब्लाङकेट र न्यानो कपडाका लागि सहयोग रकम जुटाउन हिमाल चड्न लागेकी हुँ,’ उनले भनिन् । ५ हजार ब्ल्यांकेटका लागि करिब २५ लाख सहयोग संकलन गर्ने उनको उद्देश्य छ । बालबालिकाहरुलाई सहयोग गर्न चाहानेहरुले न्यानो कपडा र आर्थिक सहयोग गर्न सक्ने छन् ।
प्रतिक्रिया