एउटै हातले उत्कृष्ट नेवारी थाङ्का

cनिर्जीव वस्तुमा जब कलाकारको सिर्जना हावी हुन्छ तब मात्र त्यसले सजीवता प्राप्त गर्छ । जब शब्दमा संगीत भरिन्छ अनि त्यो कालजयी बन्छ । त्यस्तै दृढ संकल्प र लगनशीलको नमुना बनेका छन्ः वयरवन–७ पिङडाँडाका कमल मगर ।

विगत १०÷१२ वर्षदेखि कलाकारितामा जीवनका वसन्तहरू काटेका कमल बिहानदेखि बेलुकीसम्म विभिन्न रंगहरू प्रयोग गरी फाइन आर्टअन्तर्गतको नेवारी थाङ्का चित्रहरू बनाउनमै ब्यस्त हुन्छन् । फाइन आर्ट त्यस्तो कला हो, जसले सााधारण चित्रलाई विभिन्न कलात्मक रंगहरूको सहयोगले सजीवता दिने काम गर्छ । उनको कोठाभरि छरिएका विभिन्न प्रकारका रंगहरू अनि उनले बनाएको तस्बिरहरू चारैतिर देख्दा लाग्छ, कलाकारितामा हराउन पनि ठूलै त्याग र तपस्या गर्नु पर्ने रहेछ ।

हेर्दा सामान्य लाग्ने चित्रहरू तर चित्रको थिम र भावनाअनुसारको पेन्टिङ निकै एकाग्र भएर गर्नुपर्ने बताउँछन् कमल । निकै लामो संघर्षपछि फाइन आर्टअन्तर्गतको नेवारी थाङ्का चित्रमा फाइन भएका कमलको कला जति आकर्षक छ उनको विगत त्यति नै दुःखदायी र कष्टप्रद पनि छ । निकै लामो गफपछि मज्जाले नै खुलेका कमल, जीवन जस्तो भए पनि त्यसलाई सकारात्मक सोचाइ खुसीयाली र आत्मिक भावनाले बिताउनुपर्ने बताउँछन् । ‘सानैमा फुटबल खेल्दा लडेर हात भाँचियो, हड्डीले छालासमेत छेडेर घाउँ भयो तत्काल अप्रेसन गर्नुपर्ने ठाउँमा झारपात, जडीबुटी लगाएकाले मेरो घाउमा दिनदिनै इन्फेक्सन हँुदै गयो । लामो समय निको नभएपछि अस्पताल गइयो तर अप्रेसन र उपचारमा निकै नै ढिलाइ भइसकेको रहेछ । परिणामस्वरूप हात काट्नुप¥यो ।’ यसो भनिरहँदा उनको आँखामा आँसु छछल्किएको प्रस्ट देखिन्थ्यो, जुन आँखाको डिलमा आएर जतनसाथ पोखियो ।

dसम्हालिँदै उनले भने, ‘त्यो क्षण जीवनमा कहिल्यै बिर्सन सक्दिनँ ।’ कुराकानीका क्रममा निकै भावुक बनेका उनी त्यसपछिका दिनहरू निकै कष्टकर भएको बताउँछन् । एउटा हातको सहारामा जीवनलाई अघि बढाउनका लागि अवसरभन्दा धेरै धैर्य र साहसको उनलाई खाँचो थियो । पहिलेदेखि नै आर्टिस्ट बन्ने सपना पालेका उनी जब धरानमा साथिभाइको सहयोगमा फाइन आर्टका विभिन्न एक्जिबिसनहरूमा सहभागी हुन थाले त्यससँगै फाइन आर्टका कलाहरू पनि बिस्तारै सिक्दै गए, पछि काठमाडौं गएपछिका दिनहरू पनि निकै संघर्षमय भए पनि आफ्नो सपना पूरा हुने कुराले उनलाई निकै आनन्दित तुल्याउने गर्दथ्यो । उमेरले लगभग ३५ लागेका कमल, जीवनमा अझै धेरै गर्न बाँकी रहेको बताउँछन्् ।

भर्खरै विवाह बन्धनमा बाँधिएका उनको मागी विवाह हो । ‘खै अहिलेको जस्तो लभ, डेटिङ त गरिएन निकै लजाउँदै उनले भन्छन् ।’ आईएसम्म अध्ययन गरेका कमल शिक्षित छन् । आपूm जनजातिअन्तर्गत परे पनि अहिले उठिरहेको जातीय पहिचानको मुद्दा उनलाई ठिक लागेको रहेनछ । उनी भन्छन्, ‘नेपाल विभिन्न जाति, भाषा, सम्प्रदायको साझा चौतारी हो । सदियौँदेखिको जातीय एकता र सम्प्रदायितालाई जातीय मुद्दा उठाएर तहसनहस बनाउनु हँुदैन ।’ एउटा फाइन आर्टअन्तर्गतको थाङ्का चित्रबाट लगभग १७÷१८ हजार कमाइ गर्ने कमल सरकारले कलाकारलाई महत्व नदिएकोमा निकै गुनासो गर्छन् । ‘तपाईंलाई सरकारले के सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ ?’ भन्ने एक प्रश्नमा कमल भन्छन्, ‘म त अब आपूm योग्य भइसकेँ । अब म मेरो कला बेचेर पनि बाँच्न सक्छु तर, अहिले कयौँ शारीरिकरूपले अशक्त व्यक्तिहरू पनि छन् । उनीहरू विभिन्न कारणले आपूmमा रहेका प्रतिभा प्रस्फुटन गराउनबाट वञ्चित भएका होलान् । बरु उनीहरूप्रति राष्ट्रको विशेष चासो जाओस् ।’

एकल एक्जिविसनको तीव्र इच्छा भए पनि आर्थिक अभावको कारणले गर्न नसकेका कमल जीवनको त्यो इच्छा एक न एकदिन पूरा गरी छाड्ने बताउँछन् । विश्वमा रहेको विभिन्न प्रकारका फाइन आर्टहरूमध्ये नेपाललाई विश्वसामु चिनाउने नेवारी फाइन आर्टमा अभ्यस्त कमल आममानिसका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । सांग भएर पनि जीवनमा केही हुँदैन भनेर कर्म नै नगरी फलको आश गर्ने र जीवनप्रति नैराश्य भाव राख्नेलाई कमल वास्तवमै प्रेरणा बनेका छन् ।

प्रतिक्रिया