रूपन्देही । रूपन्देहीको सदरमुकाम भैरहवामा सोमबार बिहान ६ बजेदेखि लागु हुनेगरी आठौंपटक निशेधाज्ञा थप गरिएको छ ।
सोमबारदेखि लागू हुने गरी लगाइएको निषेधाज्ञा यही असोज १६ गते साँझ ६ बजेसम्मको लागि लागु गरिएको रूपन्देहीका सिडिओ विष्णुप्रसाद ढकालले जानकारी दिए । यससँगै निषेधाज्ञा क्षेत्रभित्र चार जनाभन्दा बढीको समूहमा हिँड्न, चोकहरूमा जमघट हुन, ¥याली तथा सभाहरू गर्न नपाइने भएको छ । (सौस)
प्रतिक्रिया