चिकित्सकको भव्य बिदाई

doctroपाँचथर, ९ असोज । पाँचथर जिल्ला अस्पतालमा कार्यरत डाः पवनजङ रायमाझीको सरुवा भएकाले भव्य स्वागत गरिएको छ । उनको बिदाइसँगै सुत्केरी हुने महिलाहरूको बिजोक हुने भएको छ ।

डा.रायमाझी पाँचथर जिल्लामा ०६६ सालदेखि जिल्ला अस्पतालमा कार्यरत थिए । रायमाझीले ताप्तेजुङ, तेह्रथुम, पाँचथर, इलाम जिल्लाका केही गाविसका बिरामीलाईसमेत ७ वर्षसम्म सेवा दिएका थिए । शनिबार सहयोगी आखाको योजनामा स्थानीय उद्योग वाणिज्य संघ, गैसस महासंघलगायत २५ संस्थाले सामुहिक बिदाइ गरी सामाजिक सम्मान गरेका हुन् । डा.रायमझीलाई पाँचथरका सिडिओ पुरुषोत्तम घिमिरेले नागरिक सम्मान पत्र प्रदान गरेका थिए । रायमाझीले प्रमुखरूपमा मर्नलागेका महिलाहरूलाई नयाँ जीवन दिएका थिए । र, जुनसुकै रोग भएका महिलाहरूले उपचारको सेवा पाएका थिए । अब स्त्री रोग विशेषज्ञ डाक्टर पाउने आस कमै रहेको पाँचथरका नागरिकले महसुस गरेको पाइएको छ ।

सरुवाको प्रक्रिया भएकाले सरुवाभन्दा पनि वर्तमान अस्पताल व्यवस्थापन समितीबीच डा.रायमाझीको खटपट भएकाले दबाबमुलक तरिकाले सरुवा भएको जानकारहरूले बताए ।

प्रतिक्रिया