मोरङ, ९ असोज । मोरङको बेलबारीस्थित नगरपालिकाको एक मात्र सामुदायिक उच्चमाविको रूपमा रहेको बेलबारी क्याम्पसका प्रमुख नारायणप्रसाद दुलाल र लेखाप्रमुख दुर्गापसाद सुवेदीको चरम लापर्बाहीका कारण अध्यापन गराउने दर्जन बढी प्राध्यापकहरू ५ महिनादेखि तलबविहीन बनेका छन् ।
नजिकिएको चाडपर्वको बेला नाम चलेकै क्याम्पसले परिश्रम गरे वापतको तलब उपलब्ध गराउन नसक्दा क्याम्पसमा रहेका २८ प्राध्यापकहरू प्रत्यक्ष मार्कामा परेको र चाँडै राजीनामा दिने तयारी थालेका छन् । तलवविहीन भएर अध्यापन गराइरहनुपर्दा घर व्यवहार बिग्रदै गएको र क्याम्पससमक्ष तलब माग गर्दा लेखा प्रमुख र क्याम्पस प्रमुखले भोलि भोलि भन्दै टार्ने गरेको एक प्राध्यापकले आप्mनो नाम नबताउने शर्तमा बताए ।
५ महिनाभन्दा बढी समयदेखि बेतलब काम गर्नुपर्ने अवस्था आएपछि ३ ओटै संकाय व्यवस्थापन, शिक्षा र मानविकीका प्रमुख लगायत अन्य २८ प्रध्यापकहरूले राजिनामा दिने सोचमा रहेको बताएका छन । मासिक तीन लाख खर्च रहेको बेलबारी बहुमुखी क्याम्पसमा ६ महिनासम्म तलब नखुवाउँदा १८ लाखभन्दा बढी रकम तलब खुवाउनु पर्ने देखिन्छ ।
बेलबारी लेखापढी सेन्टरले दिँदै आएको सहयोग रकम पनि विगत ६ महिनादेखि क्याम्पसप्रमुख दुलाल र लेखाप्रमुख दुर्गाको लापर्बाहीका कारण कटौति गरेको लेखापढी सेन्टरले जनाएको छ । पटक–पटक क्याम्पसलाई पैसा लिन अडिट रिपोर्ट लिएर आउनुभन्दा पनि अटेर गरेपछि आपूmहरूले समेत रकम निकासा नगरेको लेखापढी सेन्टरको भनाइ छ ।
०६५ साल असोज महिनादेखि ०७१ साल चैत २७ गतेसम्मको भवन निमार्ण सहयोगार्थ भन्दै ४३ लाख ३६ हजार ५ सय ८० रुपैयाँ सेन्टरले बेलबारी बहुमुखी क्याम्पसलाई बुझाइसकेको छ । बाँकी ६ महिनाको रकम असार मसान्तमा अडिट रिपोट लिई लानुभन्दा पनि क्याम्पसप्रमुख दुलाल र कार्मचारी सुवेदीको लापर्बाहीको कारणले सो रकम लेखापढी सेन्टरले असार मसान्तसम्म आफ्नै खातामा जम्मा गरेको समेत खुल्न आएको छ ।
बेलबारी बहुमुखी क्याम्पसमा सबै संकायको गरी २ सय ८६ जना विद्यार्र्थीहरू अध्ययन गर्दै आएका छन् । व्यवस्थापन संकायमा १ सय २१ जनाले अध्ययन गर्दै छन् भने शिक्षा संकायमा ९२ जना र मानविकी संकायमा ३३ जनाले अध्ययन गरिरहेका छन् । यता क्याम्पस प्रमुख र लेखाप्रमुखले व्यवस्थापन समितिलाई गुमराहमा राखेर क्याम्पस धराशयी बनाउन खोजेको भन्दै स्थानीय अभिभावकहरू आक्रोशित भएका छन् ।आफ्नो छाक काटेर क्याम्पस बचाइरहेको अवस्थामा क्याम्पसका कर्मचारीहरूले नै क्याम्पसलाई बदनाम गराई आर्थिकरूपमा धराशयी बनाउँदै गएकोमा क्याम्पसप्रमुख र व्यवस्थापन समितिप्रति स्थानीय आक्रोशित भएका हुन् ।
यता क्याम्पस प्रमुख दुलालले भने तलब नपाएको भनेर गुनासो गर्ने प्राध्यापकहरूले क्याम्पस छाडेर जान आग्रह गरेका छन् । तलब नपाएको भनेर हल्ला गुर्नुहुन्छ भने काम छाडेर गए हुने त्यसले क्याम्पसलाई कुनै असर नगर्ने समेत दाबी गरेका छन् । तलब त दिने नै भनेको हो तर सञ्चालक समितिका अध्यक्षसमेत विशेष कामले काठमाडांै गएका कारण पैसा दिनका लागि समस्या भएको उनले बताए ।
प्रतिक्रिया