भीरको सडक पनि भत्कियो

vir_sadakदेउखुरी, ९ असोज । मुस्किलले ट्रयाक्टर उक्लिन्छ । धेरै ठाउँमा पहिरो खसेकाले वाटो पनि साँघुरो छ । कच्ची सडक चिरा परेको छ । वर्षमा १ पटक मात्रै मर्मत हुने हाँसीपुर–२ देवीकोट जोड्ने ८ किलोमिटरको बाटो यस वर्ष पनि फेरि बिग्रिएको छ । धार्मिक पर्यटकीय दृष्टिकोणले राम्रो मानिए पनि देवीकोट पुग्न भरपर्दाे सडक छैन ।

सडकको दुवै किनारमा पक्की नाला नहुँदा पानी सबै सडकबाट बग्ने गर्छ । यसरी बग्ने पानीले सडक चिराचिरा पारेको छ । जसले गर्दा सवारी साधन गुड्न सक्दैनन् । मुस्किलले भारी बोकेर ट्रयाक्टर आवतजावत गर्ने गरेको स्थानीय वीरेन्द्र कार्कीले जानकारी दिए । ‘बाटो बनाउन सरकारले प्रमुख चासो दिनुपर्ने हो, भने जस्तो भएको छैन’ उनले भने, ‘सडक बिग्रिएपछि नुन, तेल, चामल सबथोक पिठ्यूमा बोकर ल्याउनुपर्छ ।’ बाटो बिगिँ्रदा दाङदेउखुरीको पवित्र तीर्थस्थल देवीकोट पुग्न श्रद्धालु भक्तजनलाई झनै समस्या परेको छ ।

हालसालै परेको पानीले लालमटिया गाविस–५ मौरीघाटदेखि हाँसीपुर गाविस–२ देवीकोट जोड्ने करिब ८ किलोमिटर लामो कच्ची सडक बिगारेको छ । बाटो बिग्रिँदा स्थानीय बासिन्दा ३ घन्टा लामो पैदल हिँडेर वेँसी झर्न वाध्य छन् । बिरामी हुँदा झनै समस्या छ । मान्छेले बोकेर बिरामीलाई अस्पताल पु¥याउनुपर्छ । भरपर्दाे सडक नहुँदा एम्बुलेन्ससमेत पुग्न सक्दैन् । समयमा उपचार नपाउँदा कतिले बिचमै ज्यान गुमाउनु पर्छ । देवीकोट, घासखोला, सिम्ले, रुपाकोट, जबरकोटलगायतका गाउँलेहरू अत्यावश्यक सामग्री ढुवानी गर्न मुस्किल परेको छ ।

बर्सेनि यो बाटो बिग्रिँदै आएको छ । समयसमयमा परेको पानीका कारण अहिले ठाउँठाउँमा बाटो खाल्डाखुल्डी परेको छ भने केही ठाउँमा पहिरो जाँदा बाटो साँघुरिएको छ । देवीकोट पुग्न गाडीबाट आधा घन्टा लाग्छ । तर, पैदल झन्डै ३÷४ घन्टा लाग्ने गर्छ । यसवर्ष एकपटक मात्र बाटो मर्मत गरे पनि वर्षायाममा पानीले बाटो बिगार्दा अहिले समस्या भएको हो । देवीकोटमा सतीदेवीको बायाँघँुडा पतन भएको धार्मिक विश्वास रहिआएको छ । देवीकोटमा भद्राक्षीदेवी मन्दिर रहेको छ ।

प्रतिक्रिया