पाँचथर, ९ असोज । पाँचथरमा प्रथम जनसांस्कृतिक महासंघ गठन भएको छ । शुक्रबार भएको गठन कमिटीमा पूर्वेली युवा साहित्यकार डिएम कन्दङवाको संयोजकत्वमा बनेको हो । एमाले पाँचथरको जनवर्गीय संगठन सांस्कृतिक महासंघले १८ सदस्य कमिटी सर्वसहमतिमा चयन गरेको छ ।
जनसांस्कृतिक महासंघ मेची अञ्चल इञ्चार्ज दीपकिशोर इन्दमको प्रमुख आतिथ्यमा जिल्लाका अग्रज साहित्यकार पे्रम ओझा, ‘एचेपाली साइला’ तीर्थराज तिम्सिनालगायत दर्जन बढी साहित्यकार, कलाकर्मीहरूको उपस्थिति रहेको थियो ।
नव गठित कमिटीमा साहित्यकार, संगीत कलाकर्मी, ललितकला, चलचित्रकर्मी, नाटयकारलगायत स्रष्टाहरू समेटिएका छन् । यसअघि पाँचथर एमालेले जब निर्वाचन आयो तब मात्र जनसांस्कृितक मञ्च गठन गरी गाउँगाउँमा जोत्नेकाम गरेका थिए । एमालेको आमनिर्वाचनमा कलाकर्मीको भरमा दुवै निर्वाचन विजय हासिल गरेको थियो ।
जिल्लापार्टी, जनवर्गीय संगठनको नाम लिएर कार्यालय धाउने, नेतृत्वशैली कार्यालय प्रमुखको भूमिका निभाउने, पार्टी नेतृत्वले जनवादी शैली बिर्सिएको, मालिक कम्युनिस्ट भएको आरोप पुराना जनवादी कलाकार हिमाल शर्माले सौर्यलाई जनाए ।
शर्माका अनुसार जनकलाकार भनेका समाजका विकृत संस्कृतिलाई परास्त गर्दै न्यायिक समाज निमार्ण गर्ने हुन तर पार्टीका नेताहरूलाई भने कलाकारहरू भोक लागेका बेला नेताको पेट अगाउने नास्ता मात्र भएको र अरू बेला उखु खाएर फालिएको खोइला मात्र बनाइएको बताउँछन् ।
शर्माले आपूm सिद्धान्ततः वर्गीय रूपमा विचलन नभएको र जिल्ला तहका कार्यकताहरूमा क्षमता, विषयगत दक्षता, साथै वर्गीय सिद्धान्त, कम्युनिस्ट चरित्र लागू नभएको दुःख पोख्छन् । उनी भन्छन, पार्टीका केही नेतृत्व तह स्वार्थ, पार्टीभित्र गुट उपगुटमा लागेर जनवर्गीय संगठन कुनै पनि चलायमान नभएको बताए ।
नव गठित जनसांस्कृतिक महासंघ कुसल संगठन निर्माण भएको खुसी हँुदै आगामी दिनमा जनताका लागि जनवादी शैली र कम्युनिस्ट शैली चरित्रमा काम गर्न पार्टी नेतृत्व र कलाकर्मी तथा प्रगतिशील स्रष्टाहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया