बाबुरामको एक्लो बहिर्गमन !

baburamकाठमाडौं, ९ असोज । आफ्नो ४० लामो राजनीतिक जीवनको पटाक्षेप भएकोे घोषणा गर्दै डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी र सांसद पद परित्याग गरेका छन् । शनिबार राजधानीको इन्द्रेणी प्लाजामा पत्रकार सम्मेलन गर्दै बाबुरामले एमाओवादीको साधारण सदस्य र गोरखा– १ को सांसद सदस्यबाट समेत राजीनामा दिएको घेषणा गरेका हुन् ।

तपाईंले पार्टी छाडिरहँदा तपाईंको विचारलाई साथ दिँदै आएका माओवादी नेताहरूको भविष्य के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘अहिले म एक्लै छाडेर हिँडेको हुँ, सबैसँग छलफल गरेर पछि निर्णय हुन्छ ।’

बाबुरामले पत्रकार सम्मेलन गर्ने खबर पाएर जम्मा भएका पत्रकारमा अनेकौँ कौतुहलता थियो । तर, उनले पार्टी छाड्दै छन् भन्ने कसैलाई लागेको थिएन । आप्mनो मन्तव्यमा उनले एमाओवादी पार्टीलाई ‘भत्किएको घर’को संज्ञा दिए । भत्किएको ठाउँमा नयाँ बनाउने तर, पुरानैमा फर्किएर नजाने बताएर नयाँ पार्टी जन्माउने संकेत गरे ।

पत्रकार सम्मेलनमा आउनुअघि उनले प्रचण्डलाई २५ वर्षे सम्बन्धको अन्त्य भएको जानकारी दिएका र सभामुखलाई पनि पद त्यागको पत्र पठाइसकेको बताइएको छ । पार्टी परित्यागको घोषणा गर्दै उनले प्रचण्डलाई संविधानसभाको विरोधी, आर्थिक पादर्शिता नभएका, नक्कली राष्ट्रवादीको आरोप लगाए ।

साइकल चढ्ने राष्ट्रवादी कि विद्युतीय गाढी चढ्ने ? भन्ने प्रश्न गर्दै बाबुरामले आफू विद्युतीय गाडी चढेर हिँड्ने राष्ट्रवादी भएको बताए । उनले नेपालका नेताहरू नक्कली राष्ट्रवादी भएको आरोप लगाउँदै भने, ‘दिउँसो खुलामञ्चमा कड्किने राती दूतावासमा गएर पाउ मोल्ने, थर्ड डिभिजनवाल आफ्ना छोरोछोरीलाई छात्रवृत्तिका लागि राजदूतलाई चिल्लो घस्नेहरू नक्कली राष्ट्रवादी हुन् ।’ उनले अहिले नेताहरूमा देखिएको राष्ट्रवाद कायम रहे आफू खुसी हुने बताए ।

‘इतिहासमा यस्तै हुँदो रहेछ । बीउ एउटाले रोप्छ बाली लुट्न अर्कै आउँछ ।’ कांग्रेस, एमालेप्रति व्यंग गर्दै उनले भने, ‘हिजो जो संविधानसभाका विरोधी थिए, आज उनीहरू नै संविधान जारी भएकामा बढी नाचगान गरिरहेका छन् ।’ संविधान जारी हुँदा आफू खुसी भएर पनि खुसी मनाउन नपाएको बताउँदै उनले आफू मधेसी र थारूको पक्षमा रहेको प्रस्ट पारे । आफूमाथि लागेको भारत परस्तको आरोपको बाबुरामले कडै प्रतिवाद गरे । ‘हाम्रो संविधान कस्तो बनाउने हाम्रो कुरा हो, हामीलाई कसैको दबाब स्वीकार्य छैन’ उनले भने ‘हाम्रो दक्षिणी छिमेकीले दृश्य अदृश्य रूपमा दिएको दबाब र अघोषित नाकाबन्दीको भत्र्सना गर्छु ।’

पार्टी छोडेको घेषणा गर्ने पत्रकार सम्मेलनमा उनी एक्लै थिए । घोषणा सकेर निस्कँदै गर्दा उनका आँखा भरिएका प्रस्टै देखिन्थ्यो ।

प्रचण्डसँगको सहयात्रा र विवाद
– ०४८ सालमा एकता केन्द्र बनेपछि ।
– ०५२ सालमा संयुक्त रूपमा जनयुद्धको घोषणा ।
– ०५४ सालमा नेतृत्व केन्द्रीकरण (प्रचण्डपथको विरोध ।
– ०५८ सालमा सरकारसँग वार्ताका लागि माओवादी वार्ता टोलीको संयोजक ।
– ०६१ मा पार्टी कारबाही र रोल्पामा पार्टी हिरासतमा ।
– ०६१ सालमै पार्टी बैठकमा शान्ति र संविधानको प्रस्ताव ।
– ०६८ भदौ ११ देखि १८ महिने प्रधानमन्त्री ।

राजनीतिक यात्रा
– ०३३ सालमा भारतमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । राजतन्त्र विरोधी सो संगठन भारतभरि फैलियो ०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने ।
– ०३६ सालसम्म उनी चौम र माले दुवैसँग समदूरीमा रहे । मसाल, मशाल चौमसँग मिलेकाले उनले ०३७ सालमा मोहनविक्रम सिंहमार्फत त्यो पार्टीको सदस्यता लिए ।
– ०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएका बेला कालोझन्डा देखाउँदा पहिलोपटक गिरफ्तारीमा परे ।
– ०३७ पछि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरबीच राजनीतिक काममै खटे ।
– ०४२ सालमा बाबुराम काठमाडौं फर्के ।
– ०४६ सालको जनआन्दोलनताका संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रूपमा संयोजक नै हुन्थ्यो ।
– ०४७ मंसिरमा उनको पार्टी अन्यसँग मिसिएर एकता केन्द्र बन्यो ।
– यसले ०४८ को चुनावमा नौवटा सिटमा विजय हासिल ग¥यो र तेस्रो ठूलो दल भयो ।
– भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारसँग राखेर सशस्त्र युद्धमा जाने घोषणा ग¥यो ।
– २०५२ देखि ०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दाबाहेक सबै समय भूमिगत बसे ।

प्रतिक्रिया