४३ दिनपछि बजार खुल्यो, तत्काल बन्द हडताल नगर्ने

देउखुरी, ८ असोज । थरूहट/थारूवान संयुक्त संघर्ष समिति देउखुरीले आम हड्तालकोे ४३ दिनपछि आन्दोलको स्वरूपमा परिवर्तन गर्दै तत्कालका लागि बन्द, हड्ताल नगर्ने जनाएको छ । लगातारको बन्दले देउखुरीको जनजीवन नराम्रो गरी प्रभावित भएपछि थरूहट÷थारूवान संयुक्त संघर्ष समितिले आन्दोलनको स्वरूपमा परिवर्तन गर्दै तत्कालका लागि बन्द, हड्तालको कार्यक्रम नरहेको जनाएको हो ।

संघर्ष समिति देउखुरीका संयोजक हिरालाल चौधरीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै जनजीवन सामान्य बनाउन बजार, उद्योगधन्दा, कलकारखाना, यातायात, शैक्षिक संस्था खुलाई अन्य आन्दोलनका कार्यक्रम भने जारी रहेको जनाएका छन् ।

थरूहटले उठाएका जायज मागप्रति देउखुरीका ४ वटा उद्योग वाणिज्य संघको तर्पmबाट ऐक्यवद्धता आएपछि थरूहट÷थारूवान संयुक्त संघर्ष समितिले तत्काल आन्दोलनको स्वरूप परिवर्तन गरी बन्द, हड्ताल नगर्ने विज्ञप्ती जारी गरेर बताएको छ ।

‘४ वटै उद्योग वाणिज्य संघबीच समन्वय गरी हाम्रो मागको सुनुवाई गर्न राज्यलाई दबाब दिने र जारी आमहड्तालको स्वरूप परिवर्तन गरी जनजीवन सामान्य बनाउन तत्कालका लागि उद्योगधन्दा, कलकारखाना, बजार, व्यवसाय, शैक्षिक संस्था खुलाई आन्दोलन जारी राख्ने बेहोरा सबैमा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । सरकारी पक्षले आपूmहरूको माग तत्काल नसुने पुनः आमहड्तालमा उत्रने चेतावनीसमेत दिइएको छ । चितवनदेखि कञ्चनपुरसम्मको जिल्लालाई समेटेर अलग प्रदेश बनाउनुपर्ने र त्यसको प्रादेशिक राजधानी दाङदेउखुरी बनाउनुपर्ने, जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने लगायतका माग राख्दै गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको हो ।

देउखुरीमा जारी बन्द बिहीबार मध्यान्हबाट खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । बजार, यातायात, उद्योग, कलकारखाना, शैक्षिक संस्था सबै खुलेका छन् । थरूहटले आन्दोलनको स्वरूप परिवर्तन गरेकोमा देउखुरीका बासिन्दा खुसी भएका छन् ।

प्रतिक्रिया