काठमाडौं, ८ असोज । विभिन्न प्रकारका ब्युटी कन्टेक्सका स्पर्धाहरू सञ्चालन गर्दै आएको बन्दना कलाकेन्द्र काठमाडौंको आयोजना भएको ‘सिटिभी मोबाइल मिस प्लस टु–२०१५’ को ताज आयुषा मानन्धरले पहिरिएकी छन् । उनले ताज पहिरिनुका साथै आइफोन–६ पनि प्राप्त गरेकी छन् ।
यस्तै प्रतियोगितामा काजोल शाहीले फस्ट रनरअपको उपाधि हात पारेकी छन् भने डिजिना डंगोलले सेकेन्ड, कीर्ति पौडेल, थर्ड र पूजा लामा, फोर्थ रनरअपको ताज पहिरिएका थिए । स्पर्धामा १२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई वेस्टस्किन अवार्ड, वेस्टवाक अवार्ड, मिस पर्सानालिटी, मिस ट्यालेन्ट, मिस डिस्प्लिन, मिस फ्रेन्डसिपलगायत विभिन्न अवार्डहरू वितरण गरिएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा प्रमुख निर्णायकका रूपमा प्रायोजक सिटिभी मोबाइलका किसन राई, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, सुप्रिया राई, दीपा केसी, निर्जन भण्डारी, सगुन नकर्मी, कुसम बज्रचार्य रहेका थिए ।
नेपाल आइडल विक्रम राई, गायक अनिल थुलुङ, दीपा थापा, दिनेश डिसीलगायतले गीत प्रस्तुत गरेका थिए भने वन्दना कलाकेन्द्रको कोरियोग्राफर राइविन्द्रको समूह तथा विभिन्न कलाकारले नृत्य, इन्टरनेसनल तेक्वान्दो डोजाङ चाबहिलका खेलाडीहरूको डेमोस्ट्रेसन तथा आकर्षक रोर्बट डान्ससमेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया