काठमाडौं, ७ असोज । नेपाली चलचित्रमा जमेका नायक रमित ढुंगानाले तयार पारेको नेपाली देशभक्तीपुर्ण चलचित्र ‘बुद्ध र्वन इन नेपाल’ प्रदर्शनका लागि तयारी भएको छ । देशभक्ति भाव र विश्वसामु बुद्ध नेपालमा जन्मेका हुन् भनेर सन्देश फैलाउन चलचित्रको निर्माण गरेको नायक ढुंगानाले जनाएका छन् ।
ढुंगानाकै लगानी र अभिभनय रहेको चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको हो । यस चलचित्रको कथा पनि नायक ढुंगानाकै हो ।
अमेरिकाको विभिन्न स्थानमा छायांकन गरीएको यो चलचित्रको केही दृश्य हाल नेपालमा छायांकन भइरहेको छ । प्रदर्शनको लागि तयार भइसकेको यो चलचित्र विश्वको धेरै देशमा प्रदर्शनपछि मात्र नेपालमा रिलिज हुने निर्माण समूहले जनाएको छ ।
चलचित्रमा रमित ढुंगाना, नीर शाह, मिथिला शर्मा, अशिष्मा नकर्मीलगायतका कलाकारको अभिनय छ । चलचित्रका केही दृश्य यति बेला लुम्बिनीको मायादेवी मन्दिर, सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायणको सालिकवरपर छायांकन गरिदैँ छ ।
प्रतिक्रिया