फिल्म बनाउँदै सुस्मिता

susmitaकाठमाडौं, ७ असोज । भुवन केसीकी पूर्वपत्नी सुस्मित बम्जनले पहिलोपटक फिल्म बनाउने तयारी गरेकी छन् । भुवन र सुस्मिता औपचारिक रूपमा छुट्टिएपछि पहिलोपटक फिल्म बनाउन लागेकी हुन् । सुस्मितालाई फिल्म निर्माणमा सुभास थापाले सघाउने भएका छन् । सुस्मिताको लगानीमा चलचित्र ‘म त तिम्रै हुँ’ निर्माण हुन लागेको हो ।

भुवन केसीले आफ्नो डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को सुटिङ नसक्दै उनकी पूर्वपत्नी सुस्मिता बम्जन पनि नयाँ फिल्म निर्माणमा कस्सिएकी हुन् । पारिवारिक कथावस्तु बोकेको यस फिल्मको निर्देशनको कमाण्ड श्रीराम महतले सम्हाल्ने छन् । दर्जनौँ डकुमेन्ट्री निर्देशन र सम्पादन गरिसकेका महतको यो पहिलो फिचर फिल्म हुनेछ । फिल्ममा आकाश श्रेष्ठ, जीवन भट्टराई, अनुप श्रेष्ठ, सुसन खड्का, सुशील काफ्लेलगायतका नयाँ कलाकार अनुबन्ध भएका छन् ।४ असोजमा एक जमघटबीच कलाकार तथा प्राविधिकलाई अनुबन्ध गर्दै साइनिङ एमाउन्ट वितरण गरिएको थियो ।

पुरुष कलाकारको छनोट भएपछि फिल्मकी मुख्य अभिनेत्रीको नाम निर्माण पक्षले खुलाउन चाहेन । उसो त सुस्मिता स्वमयंको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहनेछ । कथा पनि सुस्मिताले नै लेखेकी हुन् । अझ रमाइलो कुरा त के हो भने, यो फिल्म अनमोल क्रियसन प्रालिको ब्यानरमा बन्दै छ । यसको मतलव, फिल्मको औपचारिक निर्माता अनमोल केसी हुन् । तर, अनमोलले खेल्ने सम्भावना निकै कम छ । किनभने, उनी ‘ड्रिम्स’मा व्यस्त छन् । यद्यपि उनलाई ‘म त तिम्रै हुँ’ को प्रमोसनल गीतमा भने देख्न पाइने सम्भावना रहेको बताइएको छ ।

फिल्ममा हर्कुलस बस्नेतको संगीत रहेनछ भने सौरभ लामाले फिल्म खिच्ने छन् । दसैंलगत्तै इलाम, पोखरा र काठमाडौंमा सुटिङ हुने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया