‘चंखे शंखे पंखे’ को प्रिमियरमा एमाले नेता

uml_leader_at_hallकाठमाडौं, ७ असोज ।  (आज) बाट प्रदर्शनमा आउने चलचित्र ‘चंखे शंखे पंखे’को प्रिमियर सो सम्पन्न भएको छ । काठमाडौको सिटी सेन्टरमा भएको प्रिमियरमा एमाले नेता माधव नेपाल र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पुगेका थिए ।

चलचित्रबारे मन्त्री पण्डितले विषयवस्तु राम्रो भएको प्रतिक्रिया दिए छन् । उनले भने, ‘चलचित्रमा उठेका विषयवस्तु उत्कृष्ट छ अब चलचित्रमा पनि यस्तै विषय उठान हुनुपर्छ ।’ उनले यसको क्लाइमेक्स छोटो भएको भन्दै चलचित्र हेरेर रमाइलो गरेको बताए । निर्माता सन्तोष सेनले करोड बजेट लगाएर निर्माण गरेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको पहिलो भागमा कमेडी कथा र दोस्रोमा राष्ट्रियताको विषयलाई उठान गरिएको छ । चलचित्रमा सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरि, नन्दिता केसीको मुख्य भूमिका छ । कार्यक्रममा चलचित्र युनिटले घोषणा गरेको ‘राष्ट्रभक्ति फोटो प्रतियोगिताका ३ विजेतालाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया