इलाममा बम भेटियो

bombइलाम, ७ असोज । इलाम सदरमुकामस्थित फुलगाछी रोड टु“डिखेल नजिक फेला परेको वस्तु बम भएको पुष्टि भएको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सा“झ ५ बजे डिस्पोज गराएको छ ।

बिहान जिल्ला शिक्षा कार्यालय अगाडिको बाटोमा शंकास्पद वस्तु फेलापरेको थियो । प्लाष्टिकले बन्दुकको आकार बनाएर बेरेर राखेको अवस्थामा बिहान १० उक्त वस्तु फेला परेको भए पनि स्थानीयले फोहोर भनेर वास्ता गरेका थिएनन् । शंकास्पद वस्तुमा तारहरू जडान भएकोे देखेपछि मात्र उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

बम राखिएको स्थानमा दिनभर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सुरक्षा दिइएको थियो । मानिसहरूलाई आवतजावतमा रोक लगाइएको थियो । बम फेला परेपछि स्थानीय त्रसित बनेका थिए । सो स्थानमा कसले बम राख्यो भन्ने बारे खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया