उदयपुर, ७ असोज । ओख्ले गाविस डाडागाउँकी १ महिलाले गए राती आफ्नै छोराछोरीको हत्या गरेकी छिन् । स्थानीय ओख्ले गाविस– ३ की २६ वर्षीय सरिता मगरले २ महिने छोरी सोनिया र ४ वर्षीय छोरी रुष्मा मगरको हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायक उपरीक्षक दीपक बस्नेतले बताए ।
६ गते बिहान ४ बजेतिर घरमै सुतिरहेको अवस्थामा चक्कुले शरीरको जताततै हानेर हत्या भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए पनि हत्याको कारण भने खुलेको छैन । नाबालक छोराछोरीको हत्या गर्ने सरितालाई गाउँबाटै पक्राउ गरिएको बस्नेतले बताए ।
सरिताका श्रीमान् यमकुमार मगरले भने घरमा पहिलादेखि नै झगडा भइरहन्थ्यो त्यस दिन सबै सुतेका थियौँ पहिले मलाई काट्न चक्कु लिएर आई म त्यहाँबाट फुत्केर गुहार माग्न गाउँतिर भागेँ छरछिमेक सबै आउँदा दुवै छोरीको हत्या भइसकेको थियो ।
हत्या गरिएका नाबालक द्वयको शव कटारी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ भने सरितालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर कारबाही अगाडी बढाइएको छ ।
प्रतिक्रिया