‘मह’ जोडी पुगे कतार

maha_jodiकाठमाडौं, ६ असोज । बिहिबार(आज) देखि सुरु हुने ‘आठौँ नेफ्टा फिल्म अवार्ड’का लागि चर्चित हास्यकलाकार मह जोडी ( मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ) कतार पुगेका छन् । उनीहरूसँगै अन्य चलचित्रकर्मी तथा कलाकारहरूसमेत कतार पुगेका हुन् ।

कतारको समय अनुसार दिउँसो ३ बजेबाट कार्यक्रम सुरु हुने भएको छ । महजोडीलाई चलचित्र प्राविधिक संघले ‘कलारत्न’ उपाधि प्रदान गर्दै छ । नेपाली चलचित्रलाई विश्वव्यापी बजारमा पु¥याउनका लागि नेफ्टा अवार्डले सहयोग गर्ने मह जोडी बताएका छन् । करिब १७ हजार दर्शकको अपेक्षा गरिएको कतार अवार्डका लागि चलचित्र क्षेत्रका ठूला नामहरू कतार आउन थालेपछि दर्शक पनि थप उत्साहित भएको आयोजकले जनाएको छ ।

कतार आइपुगेका कलाकारलाई आयोजकले स्वागत गरेको छ । नायिकाहरू ऋचा शर्मा, केकी अधिकारी, आस्मा डीसी, छुल्ठिम गुरुङ, अकेशा बिष्ट कतार आइपुगेका छन् । यस्तै, निर्माता सुवास गिरी, निर्देशक दिनेश राउत, संगीतकार ताराप्रकाश लिम्बू, नायकहरू गजित बिष्ट, सौरमराज तुलाधर, संजोग कोइराला कतार आइपुगेका छन् । निर्मात्री सम्झना पोख्रेल, विश्वकै कान्छा निर्देशक सौगात विष्ट, बालकलाकार संगम बिष्ट पनि कतार आइपुगेका हुन् । चर्चित कलाकार बसुन्धरा भुषाल पनि अवार्डमा सहभागी हुनका लागि कतार आइसकेकी छिन् ।

कलाकारहरू आउने क्रम जारी रहेको र दुबईको सार्जा विमानस्थलमा देखिएको सामान्य समस्या हल भइसकेको स्थानीय आयोजकले जनाएको छ । नायक आर्यन सिग्देल, निखिल उप्रेती, नायिका सञ्चिता लुइँटेल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, वितरकहरू गोपाल कायस्थ, नरेन्द्र महर्जन, नायिका अनु शाह, पत्रकारहरू नरेश भट्टराई, सन्दिप सापकोटालगायतको टोली पनि कतार पुगेका छन् ।

कलाकारहरूले अवार्ड हुने भव्य स्टेजमा तयारी पनि गर्नेछन् । यसअघि मलेसिया र हङकङमा अवार्ड गरेपछि नेफ्टा कतारमा आएको हो । कतारमा करिब ४ लाख नेपाली रहेका छन् ।

प्रतिक्रिया