आर्यनको कमेडी रूप

suhrii aaryanकाठमाडौं, ६ असोज । नेपाली कमेडी चलचित्र ‘सुश्री’को ट्रेलर सार्वजनिक भएको छ । आशिका फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको ‘सुश्री’मा नायक आर्यन सिग्देलको कमेडी शैलीको प्रस्तुति रहेको छ । उनी पहिलोपटक कमेडी शैलीमा प्रस्तुत भएका हुन् ।

कार्तिक ३ गते फुलपातीबाट प्रदर्शन हुन लागेको यस चलचित्रमा नायक आर्यन सिग्देल, नायिका आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानलगायतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका छन् । पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर बिसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ । शिवम अधिकारीले निर्देशन गरेको यस चलचित्रको लेखन र निर्देशन पनि शिवमले नै गरेका हुन् ।

प्रतिक्रिया