कंगनाको बिहे २ वर्षपछि

Kanganaमुम्बई, ५ असोज । पटकपटक बिहेको चर्चामा आउने बलिउड अभिनेत्री कंगना राउतले अब २ वर्षपछि बिहे गर्ने खुलासा गरेकी छन् । रिल लाइफमा पटक–पटक बेहुली बनेकी कंगना रियल लाइफमा अविवाहित हुन् ।

उनको चलचित्रको रिलिज हुने बेलामा मिडियामा विवाह हुन लागेको चर्चा हुन्छ । तर, कंगनाले विवाहको कुनै गुञ्जायस नभएको कुरा गरेपछि पत्रपत्रिका र न्युजपोर्टलको मनोरञ्जन कोलम कंगनाको अभिनयमा केन्द्रित हुन्छ । अहिले २८ वर्ष भएकी कंगनाले ३० वर्ष पुगेपछि विवाह गर्ने योजना रहेको खुलासा गरेकी हुन् । उनले फिल्म लाइनभन्दा बाहिरका व्यक्तिसँग विवाह गर्ने समेत बताएकी छन् । उनले भनिन् ‘म फिल्म उद्योगभित्रको व्यक्तिसँग विवाह गर्दिनँ ।’

प्रतिक्रिया