इलाम, ५ असोज । इलामको जितपुरस्थित झ्याउपोखरीको पुनर्निर्माण योजना अलपत्र परेको छ । स्थानीयवासीकै पहलमा थालिएको पुनर्निर्माण योजना समितिको बेवास्ताका कारण अलपत्र परेको हो ।
पुनर्निर्माण थालिएको एक वर्ष बितिसक्दा समेत पोखरीमा पस्ने वर्षाको भेल नर्तकाउ“दा पोखरीलाई दिन प्रतिदिन कुरूप बनाउ“दै लगेको स्थानीय दीपक बरालले बताए । जीतपुर—२ र ४ मा अवस्थित जिल्लाकै दोस्रो ठूलो झ्याउ“ पोखरी पानी सुकेर खेल मैदानमा परिणत भएको छ । पोखरीमा पानी भर्न स्थानीयको बेवास्ताका कारण पोखरीको अस्तित्वसमेत गुम्ने अवस्थामा छ ।
‘संरक्षण समिति पोखरीको अवस्था थाहा भएर पनि बेखबरजस्तै छ । कसरी पोखरी पुरानै अवस्थामा पुग्छ’ स्थानीय छत्र लुङ्गेलीले भने ‘पानी लाउन थालिएको भए पनि पाइपमा पानी आउन सकेको छैन । महिनौँ दिन पानी नआउ“दा पनि कसैले बनाउने हर्कत गरेका छैनन् । हेरालुसमेत राखिएको छैन ।’ सिमएन नेपाल, सांसद विकास कोष र जिल्ला विकास समितिको सहयोगमा पोखरीमा पानीको स्रोत जुटाई पोखरीलाई पुरानै अवस्थामा ल्याउन काम थालिएको भए पनि पोखरीमा पस्ने बाटो नियन्त्रण नहु“दा पोखरीभित्रै गाडी कुदाउने बाटो छ । खेलमैदान बनाएर खेल खेल्ने क्रम रोकिएको छैन । स्थानीय केदार अधिकारी भन्छन् ‘वर्षामा जमेको पानीमा केटाकेटी पौडी खेलिरहेका भेटिन्छन् । जथाभाबी घा“स, दाउरा सोत्तर काटी रहेका भेटिन्छन् ।’
पोखरीमा मानिस तथा घरपालुवा जनवानरको मलमुत्र भेला हुने क्रम रोकिएको छैन । पोखरीको बीच डा“डामा वर्षाैंदेखि निर्माण थालिएको मन्दिर भत्किएर अवशेष मात्र बा“की छन् । पिलर भा“च्चिएका छन् । निर्माण सामग्री छरपरस्ट छन् । मन्दिरको गजुर बेसम्भार लडिरहेको छ । घा“स काट्ने क्रम नियन्त्रणमा आएको छैन । खुला रूपमा पोखरीमा पस्ने नियन्त्रण हुन सकेको छैन । दुई दशकदेखि सुख्खा पोखरीको रूपमा रहेको पोखरीलाई समितिले पोखरीमा पानी लगाउने । वषौं देखि वर्षाको भेलले बगाएर ल्याएको माटो फाल्ने, सफा गर्ने, घेराबार गर्ने, पोखरीले ओगटेको ३१ रोपनी जग्गालाई आधिकारीक बनाउने, अनियन्त्रित वर्षाको भेल तर्काउने, वृक्षरोपण गर्नेलगायत योजना बनाएर थालिएको पुनर्निर्माण कार्यक्रम अहिलेसम्म कार्यान्वयन भएको छैन । पाइपबाट पानी ल्याउने काम मात्र पूरा भएको छ । तर, पानी भने आ“दैन ।
पोखरीको निर्माण र संरक्षणको नाममा पोखरीलाई कमाइखाने भा“डोको रूपमा प्रयोग गरेको स्थानीयको भनाइ छ । ‘अहिलेसम्ममा संरक्षणको नाममा लाखौँको खर्च भइसकेको छ । पोखरीको अवस्थामा भने सुधार हुन सकेको छैन’ स्थानीय जंग पुलामी भन्छन् । यता पोखरी संरक्षण समिति अध्यक्ष ओम बरालले भने संरक्षणको काम भइरहेको दाबी गरे । पहिलो चरणको काम सकिएको बताउ“दै दोस्रो चरणको काम चा“डै थाल्ने बताए । गाविस सचिव युवराज घोर्साइले संरक्षणको काम तीव्र रूपमा सञ्चालन भइरहेको बताए । पर्यटन क्षेत्रको विकासका लागि गाविसले समेत पहल गरिरहेको बताउँदै चा“डै अर्को योजनामार्फत संरक्षणको काम सुचारु गरिने जानकारी दिए ।
पुननिर्माणका लागि संरक्षण समितिले सिमएन नेपालको दुई लाख र संसद् विकास कोषको ५० हजार खर्च गरेको छ । तर, यो खर्चको हिसाब अहिलेसम्म सार्वजनिक नभएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया