मेघा सिरियलमा सरिता

Sarita Lamichhaneकाठमाडौं, ४ असोज । नेपाली टेलिभिजनको सिरियलमा देखिने गरेको सरिता लामिछानेले सिरियलमा नखेलेको केही समय भएको छ । यद्यपि उनका फ्यानले उनलाई नदेख्दा खल्लो मानिरहेको बताएका छन् । यही खल्लोपनलाई मेट्न सरिता पुनः एउटा मेघा सिरिलयलको मुख्य भूमिकामा आउँदै छिन् ।

सिरियल प्रसारणको अन्तिम तयारीमा रहेको जानकारी दिएकी सरिताले सिरियलको नाम भने केही दिनमा सार्वजनिक गर्ने बताइन् । ‘अहिल्यै सबै कुरा नभनौँ होला । नाम दुईचार दिनपछि भन्छु,’ उनले भनिन् ।

अहिले ‘इनास अवार्ड’ को जुरी मेम्बरसमेत रहेकी सरिता नयाँ सिरियलमा दर्शकले आफ्नो परिपक्व अभिनय देख्ने दाबी गर्छिन् । उनी भन्छिन्, ‘अघिल्ला सिरियलमा कतिपय अवस्थामा जानी–नजानी अभिनय गरेँ हुँला यसपालि केही परिपक्व भएर अभिनय गर्दै छु ।’

सहरमा बस्ने मध्यमवर्गीय परिवारको कथामा आधारित सिरियलमा सरिता जेठी छोरीको भूमिकामा देखिने खुलासा भएको छ । जो परिवारको बारेमा सोच्दासोच्दै बिहे गर्ने उमेर ढल्केको पत्तो पाउँदिनन् । कथाको पृष्ठभूमिको बारेमा उनले थोरै बताइन् ।

प्रतिक्रिया