रेजिना फेरि देखिइन्

rejina_upretiकाठमाडौं, ४ असोज । कुनै समयका चर्चित नेपाली नायिका रेजिना उपे्रती विवाहपछि पहिलोपटक सार्वजानिक कार्यक्रममा देखिएकी छन् । विवाहसँगै यस क्षेत्रबाट हराएका थिइन् ।

कुनै समय विभिन्न कारणले चर्चित यी नायिकाको चलचित्रको सफलता या असफलता दुवैमा क्षेत्रमा खुबै चल्ने गथ्र्यो । उनै नायिका रेजिना उप्रेती बिहे गरेपछि एकाएक सेलाइन् । उनको चर्चा बिहेपछि खासै आएन । तर, अहिले फेरि रेजिना विस्तारै मञ्चहरूमा देखिन थालेकी छन् । भर्खरै सम्पन्न एक अवार्ड समारोहमा देखिएकी रेजिनाले आफू चलमलाउन थालेको बताइन् ।

नायिका उप्रेतीले अभिनय गरेका केही चलचित्र सफल भएका थिए भने केही असफल पनि भए । बिहेपश्चात् नायिकाहरू एकाएक हराउने प्रचलनसँगै उनी पनि केही समय हराएकी थिइन् । बिहेपछि रेजिनाले नयाँ चलचित्रमा काम गरेकी छैनन् । सार्वजनिक समारोहमा पनि उनको उपस्थिति शून्य जस्तै छ । त्यसैले पनि रेजिनाले अहिले सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति जनाएर नहराएको प्रमाण पेस गर्न थालेकी हुन् । तर आमदर्शकहरू अहिले पनि रेजिनालाई चलचित्रको पर्दामा हेर्न चाहेका छन् । उनले भनिन्, ‘यो पनि विस्तारै इच्छा पूरा हुनसक्छ ।’

प्रतिक्रिया